लाेकसेवा सम्बन्धी अन्तरक्रिया तथा अनुभव आदान प्रदान कार्यक्रम भाेली इलाममा हुने

इलाम : इलाममा भाेलि शनिबार ‘लाेकसेवा सम्बन्धी एक दिवशीय अन्तरक्रिया तथा अनुभव आदान प्रदान कार्यक्रम’ हुने भएकाे छ । लिम्बू विद्यार्थी मञ्च इलामकाे आयाेजना र याक्थुङ लेखक संघ इलामकाे सहआयाेजनामा साे कार्यक्रम हुन लागेकाे हाे ।

कार्यक्रम लाेकसेवा तयारी गरिरहेका र लाेक सेवा क्षेत्रमा प्रवेश गर्न इच्छुक विद्यार्थीहरुलाई लक्षित रहेकाे आयाेजकले वताएकाे छ । निशुल्क सहभागी हुन पाईने कार्यक्रममा निजामति क्षेत्रका कर्मचारीहरुले सहजिकरण गर्नेछन् । कर्मचारीहरुले आफुले लाेकसेवा तयारी गर्दाका अनुभवहरु विद्यार्थीमाझ पस्कने छन् ।

खासगरी लाेकसेवा के हाे ? लाेक सेवा आयाेग तयारी कसरी गर्ने ? लाेक सेवा क्षेत्रमा लाग्दाका फाइदाका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण गर्नेछन् । भाेलीकाे कार्यक्रम लाेकसेवा अभिमूखिकरणकाे लागि पूर्व तयारीकाे रुपमा आयाेजकले लिएकाे छ ।

एक दिवशीय अन्तरक्रिया सपन्न पश्चात् विद्यार्थीहरुकाे लाेकसेवा तयारी गर्ने मनाेकांक्षा अनुसार केही समयपछि बढीमा १५ दिने अभिमुखीकरण समेत आयाेजना गरिने आयाेजकले जनाएकाे छ । साे अभिमुखीकरण कार्यक्रम समेत निशुल्क रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार