रवि सेर्माको निर्देशनमा ‘अन्दङ फुङ’ (भिडियो सहित)

लिम्बु चलचित्र निर्देशनमा ख्याती कमाएका निर्देशक रवि सेर्मा द्धारा निर्देशित लिम्बु पालाम ‘अन्दङफुङ’को म्यूजिक भिडियोलाई दर्शकले औधी मन पराएका छन् ।

  टीआर सेनेहाङ
154 Shares

तेह्रथुम,
लिम्बु चलचित्र निर्देशनमा ख्याती कमाएका निर्देशक रवि सेर्मा द्धारा निर्देशित लिम्बु पालाम ‘अन्दङ फुङ’को म्यूजिक भिडियोलाई दर्शकले औधी मन पराएका छन् । गायक सुमन सानु कुरुम्बाङ र निरन्ता नेम्बाङको सुरिलो आवाजमा रहेको यस पालामको म्यूजिक भिडियोलाई दर्शकहरुको रोजाईमा परेको हो ।

लिम्बु संस्कृतीलाई मुख्य कथावस्तु बनाईएको यो भिडियोमा कौशिला चोङबाङ र समिर माबुलाई मुख्य कलाकारको रुपमा देख्न सकिन्छ भने अन्य दर्जनौ पात्रहरु भिडियोको आकर्षणको रुपमा रहेका छन् ।

पाहुना जादा आउदा सोल्टा र सोल्टेनी बिच नाचिने धानाच(याःलाङ) साथै लिम्बु संस्कारको रुपमा रहेको माङगेन्ना लागयतका रितिरिवाज तथा लिम्बुजातीजन्य कृयाकलापहरु समावेस गरिएको यो भिडियो लिम्बु समुदायको प्रतिनिधीमुलक भिडियो बनेको छ ।

भिडियो पनि हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार