रेमिटयान्स ८ प्रतिशतले बढ्यो


राष्ट्र बैंकको तथ्याकं सार्वजनिक, रेमिटयान्स ८ प्रतिशतले बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमा अर्थिक तथा वित्तिय अवस्थाको प्रतिवेदन अनुसार साउन र भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो । यस्तै यसै अवधिमा वैदेशिक व्यापारमा पनि सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

यसै अवधीमा सबै आर्थिक परिसुचकहरु सकरात्मक रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधीमा सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । यसै अवधिमा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार