याक्थुङ ख्याली साउन १ देखी देख्न पाईने

  नयाँ बुलन्द
0 Shares

तेह्रथुम  : अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ को तयारी तिव्र पारिएको छ । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिताको लागी आवश्यक तयारी विव्र पारिएको आयोजक समितीका संयोजक टीआर सेनेहाङले बताउनुभयो । उहाका अनुसार प्रतियोगीताको छनौट सिःसेक्पा तङ्नामको अवसरमा २०७७ साल श्रावण–१ गते देखि सुरु हुने छ । प्रतियोगितामा सहभागिताका लागी हालसम्म दुई दर्जनले नाम टिपाएको व्यावस्थापक होम पारघरीले बताउनुभयो ।

प्रतियोगीतामा विजेता आगामी चासोक तङ्गनामको दिन घोषणा गरिने छ । प्रतियोगीतामा प्रथमलाई नगद ३० हजार, द्धितिय हुनेलाई नगद २० हजार , र तृतिय हुनेलाई नगद १० हजार सहित प्रशंशा पत्र प्रदान गरिने छ । यस्तै सान्त्वना २ जनालाई जनही ५ हजार सहित प्रसंशापत्र प्रदान गरिने आयोजकले जनाएको छ । ख्याली प्रतियोगिताले लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कलाको पुर्नजागरण हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार