जसुदा स्मृति पुरस्कार, २०७७ देबेन्द्र शक्तेनलाई

  स्पर्श अतित
0 Shares

तस्बिरमा जसुदा स्मृति पुरस्कार, २०७७ बाट पुरस्कृत देबेन्द्र शक्तेनलाई पुरस्कार वितरण गर्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत

इलाम : जसुदा स्मृति पुरस्कारबाट पाँचथरका देबेन्द्र शक्तेन पुरस्कृत भएका छन् । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बर्द्धन समिति इलामले हरेक वर्ष प्रदान गर्ने पुरस्कारबाट शक्तेन यसवर्ष पुरस्कृत भएका हुन् ।

फाल्गुन्द गाउँपालिका वडा नं.३ पाँचर स्थित चिम्फुलाका साहित्यकार शक्तेनलाई आईतबार पुरस्कार वितरण समारोह कार्यक्रम आयोजना गरि पुरस्कार समर्पण गरिएको छ । आफ्नै गाउँको कुनामा चुपचाप बसेर साहित्य सृजना गर्ने शक्तेनलाई नगद ११ हजार १ सय ५० रुपैयाँ र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले दोसल्ला अर्पण गरि सम्मान पत्र वितरण गरेर पुरस्कार वितरण गरे ।

साहित्यकमा सम्भावना बोकेका मोफसलका स्रष्टालाई पहिचान गरी प्रत्येक वर्ष एक जनालाई पुरस्कृत गर्ने आयोजक संस्थाले दुई वर्ष अघिदेखी निरन्तर यो पुरस्कार वितरण गर्दै आएको संस्थाका सदस्य कवि प्रकाश थाम्सुहाङले बताए ।

२०७५ मा युवा पुस्ताका उदाउँदा कवि अन्वेश थुलुङ र २०७६ तथा गत वर्ष कवियत्री बालिका थपलिया पुरस्कृत भईसकेको आयोजक संस्थाका अध्यक्ष कवि विमल बैद्यले वताए ।

इलामकी चेली साहित्य तथा पत्रकारिता जगतमा काम गर्दा गर्दै अल्पायुमै स्वर्गलोक भएकी जसुदा खाँकीको स्मृतिमा उनका श्रीमान बरिष्ठ पत्रकार पुस्पराज प्रधानले उक्त स्मृति पुरस्कार स्थापना गरेका हुन् ।

पुरस्कार वितरण गर्दै प्रमुख बस्नेतले नेपाली साहित्यमा कलम चलाउन काठमाण्डौँ जानु नपर्ने गाउँघरमै बसेर पनि सृजना गर्न सकिने बताए । उनले जोडे– देबेन्द्र शक्तेन त्यस्ता उदाहरण हुन जसले मोफसलमै रहेर पनि साहित्य सिर्जना गर्न सकिन्छ । उनले थपे– साहित्यकार र कलाकार बन्न काठमाण्डौँ गईरहन नपर्ने रहेछ । गाउँका कुना कुनामा रहेर समेत साहित्य सिर्जना गर्न सकिन्छ । प्रमुखले शक्तेन आफ्ना क्याम्पस लेवलमा सँगैको समकालिन मित्र समेत रहेको स्मरण गर्दै नेपाली साहित्यमा उनको योगदान महत्वपूर्ण रहेको प्रशंसा गरे ।

जसुदा स्मृति पुरस्कार, २०७७ बाट पुरस्कृत देबेन्द्र शक्तेन

२०१६ साल वैशाख २१ गते बुबा हरिप्रसाद राई तथा आमा मनमाया राईको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मेका शक्तेनले शिक्षा आर्जनपछि शिक्षण पेशामा जीवन व्यथित गरेका थिए । शिक्षण पेशासँगै नेपाली साहित्यमा कलम चलाउन थालेका शक्तेनको प्रकाशित पुस्तकको रुपमा “दन्त्यकथाको देश” नामक कविता संग्रह पाठक समक्ष पुगिसकेको छ भने अन्य अप्रकाशित छन् ।

शक्तेन नेपाली साहित्य क्षेत्रमा गद्य विधामा दखल रहेको कवि प्रकाश थाम्सुहाङले वताए । उनले जोडे– शक्तेन तीन दशकदेखी चिन्तन गर्दै नेपाली साहित्यमा कवि, लेखकको रुपमा उत्रिएका एक प्रखर र चुपचाप बसेर लेख्ने स्रष्टा हुन् । उनका निबन्ध नेपालका राष्ट्रिय पत्रपत्रिकाहरुमा विभिन्न समयमा प्रकाशित हुँदै आएका छन् ।

कार्यक्रममा बोल्दै इलामका विशिष्ट नागरिक युद्ध प्रसाद बैद्यले शक्तेन एक गहिरो अध्ययन गरेर लेख्ने लेखक हुन् भनेका छन् । साहित्यकार राजेन्द्र नेम्बाङको सन्दर्भमा शक्तेनले लेखेको लेख पढेको स्मरण गर्दै बैद्यले आफु त के अध्ययन गरिने रहेछ र अध्ययन त शक्तेनले गरेका रहेछन् भन्दै शक्तेनको प्रशंसा गरेका थिए ।

भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बर्द्धन समिति इलामका अध्यक्ष समेत रहेका कार्यक्रमका सभाध्यक्ष कवि विमल बैद्यले पुरस्कार वितरण गर्दा पुरस्कार वितरक संस्था आफैँ पुस्कृत भएको वताए । उनले थपे पुरस्कृत व्यक्तित्वको कारण पुरस्कार आफैँ पुरस्कृत हुने रहेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार