समाधीस्थल भत्काएको बिरोधमा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी

  नयाँ बुलन्द  151 पटक हेरिएको

तेह्रथुम : लिम्बुहरुको समाधीस्थल भत्काएको बिरोधमा फेदाप गाउँपालिकाको न्यायिक समितिको कार्यकक्षमा ताला लगाएका छन् ।

केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधीस्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउँपालिकाको स्थानीय न्यायिक समितीमा संघर्ष समितिले तालाबन्दी गरेको हो ।

संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो ।

समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो ।

समाधी स्थल खनिएको विसय लाई लिएर स्थानीय सरकार प्रमुख लाई ज्ञापन पत्र बुझाउन खोजिए पनि ज्ञापन पत्र नलिए पछि स्थानीय न्यायीक समितिमा निवेदन दिईएको थियो । न्यायीक समितिले पनि कुनै कार्बाही अघि नबढाईएको ले आज तालाबन्दी गरिएको संघस समितिले बताएको छ ।

संघर्ष का आन्दोलन अनुसार यहि असार २१ गते अध्यक्ष को र २४ गते सम्पुर्ण गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरिने समेत घोषण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार