भुलभुलेद्वारा माङसेबुङ गाउँपालिकालाई १५ हजार सहयोग

  नयाँ बुलन्द
28 Shares

माङसेबुङ : भुलभुले सामुदायिक विकास केन्द्र माङसेबुङ १ ले माङसेबुङ गाउँपालिकालाई १५ हजार रुपैयाँ सहयोग गरेको छ । आईतबार भुलभुले सामुदायिक विकास केन्द्रले माङसेबुङ विपद व्यवस्थापन राहत कोषमा आर्थिक सहयोग गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट गाउँपालिकामा रहेका ज्याला मजदुरी गर्ने, असाहय, गरिब तथा विपन्नहरु समस्यामा परेको भन्दै सहयोग स्वरुप केन्द्रले एकद्धार प्रणाली मार्फत गाउँपालिकालाई सहयोग हस्तान्तरण गरेको हो ।

केन्द्रका अध्यक्ष पूर्ण लिम्बूले माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई १५ हजारको सक्कल भौचर हस्तान्तरण गरे ।

माङसेबुङ गाउँपालिका अध्यक्ष इदिङ्गोले भुलभुले सामुदायिक विकास केन्द्रलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार