नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौ : नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय नौ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार