छुरा प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ

  नयाँ बुलन्द
0 Shares

झापा : छुरा प्रहार गरी श्रीमती हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–६ बस्ने ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मुर्मुले २८ वर्षीया श्रीमती तारामइ हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण मुर्मुले छुरा प्रहार गरेपछि गम्भिर घाइते भएकी तारामइको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार