माइजोगमाईमा रोमप्रसाद आचार्यको संयोजकत्वमा  मानव अधिकार समूह

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकामा रोमप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय  मानव अधिकार समूह गठन भएको छ । शुक्रबार अमरकल्याण माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा सो समूह गठन भएको हो ।

समूहका सहसंयोजकमा देवीकुमारी रिजाल घिमिरे, सचिव प्रेमप्रसाद भण्डारी, सहसचिव टिका भणडारी, कोषाध्यक्ष गोपीका गुरुङ राइ चयन भएका छन् ।

सदस्यहरुमा आङपासाङ शेर्पा, गोपाल रिजाल, गीता अधिकारी, दिपेश सोङ्गी, अग्नीप्रसाद घिमिरे, देवेन्द्र पौडेल, दिल माया सेन्चुरी, यामबहादुर सुबेदी, निरमाया राई, डम्बर कार्कीलगायत रहेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ को आयोजनामा स्थानीय  समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही  बनाउनका निम्ति   शिक्षा, स्वस्थ्य, खाध्य तथा आवासको अधिकार लगायत परियोजनाको परिचायत्मक कार्यक्रम समेत भएको छ ।

कार्यक्रममा परियोजनाको सम्बन्धमा इन्सेकका परियोजना संयोजक बागमति कट्टेलले स्पष्ट पारेका थिइन् ।

इन्सेकका संयोजक सोमराज थापाको अध्यक्षतामा तथा माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राइको प्रमुख आथित्यता भएको सो कार्यक्रममा माईजोगमाई गाउँपालिकाका सबै वडाध्यक्षहरु यामकुमार कार्की, डम्बरबहादुर सुबेदी, यामप्रसाद लामा, गणेशकुमार राइ, दाताराम संजेल, भवानीप्रसाद लिङदम, शिक्षा शाखा प्रमुख अरुण खनाल, ईलाका प्रहरी कार्यलय नयाँबजारका  प्रहरीप्रमुख प्रतापदत्त भट्टराइ, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेजी, बुद्दिजिवि लगायतको उपस्थिति थियो ।

कार्यक्रमको संचालन इन्सेकका सहजकर्ता नारदमणी चापागाईले   गरेको स्थानीय डम्बर निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार