
इलाम : आज संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइदैछ ।
तर सरकारमा सहभागी एक दल समाजवादी पार्टीले संविधान दिवसको खुसीयालीमा दिपावली नगर्ने र विरोधमा कालो दिवस समेत नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने भएको छ ।
मस्यौदा संविधानको नै विरोध गर्दै नयाँ संविधान जलाएर कालो दिवस मनाएको समाजवादी पार्टी सरकारमा सहभागी भएपछि भने कालो दिवस मनाउन छोडेको छ । तर खुसीयालीमा दिपावली समेत गरेको नगर्ने भएको छ । दुवै खालका कार्यक्रममा सहभागी नभई तटस्थ भूमिकामा छ ।
उसले फरक शैलिमा संविधानको विरोध भने यथावत राखेको छ । संविधान संसोधन गर्ने शर्तमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले संविधान संसोधनमा दवाव सिर्जना गर्न शुक्रबार सातै प्रदेश राजधानीमा ‘संविधान संसोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया गर्दैछ ।


















































