माइजोगमाई गाउँपालिकाको आम्दानी ३३ लाख

  नरेन इलामेली
0 Shares

माइजोगमाई :  इलामको माइजोगमाई गाउँपालिकाले गत आर्थिक बर्ष २०७५̷ ७६ मा ३३ लाख ६८ हजार ७ सय ५९ रुपैँया राजस्व संकलन गरेको छ ।

गाउँपालिकाले गत आर्थिक बर्षका लागि ३२ करोड ५५ लाख एक हजार बजेट विनियोजन गरेको थियो भने ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर  गाउँपालिकाले अघिल्लो आर्थिक बर्ष २०७४̷ ७५ मा लक्ष्य भन्दा १० लाख बढि राजस्व संकलन गरे पनि गत आर्थिक बर्षमा  भने लक्ष्य भेट्न सकेन । गत आर्थिक बर्ष २०७५ ̷ ७६ मा अनुमा गरिएको भन्दा करिब ५ लाख कम मात्र राजस्व संकलन गरेको छ ।

 गत आर्थिक बर्षमा गाउँपालिकाले घरधुरी कर, मालपोत ,व्यवसाय दर्तातथा नविकरण , पञ्जिकरण  शुल्क हाटबजार कर तथा विविध दस्तुर लगायतका शिर्षकबाट सो बराबरको राजस्व संकलन गरेको हो ।

गाउँपालिकाको तथ्याङ्क अनुसार  गाउँपालिकाको कार्यालयबाट दिइने विभिन्न सेवाको दस्तुर वापत ४ लाख ५३ हजार २ सय ५३ रुपैँया राजस्व संकलन गरेको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार  सबै भन्दा बढि राजस्व वडा नम्बर ५ ले  ६ लाख ४० हजार २ सय ९७ रुपैया र सबै भन्दा कम राजस्व वडा नम्बर २ ले ३ लाख २७ हजार ९ सय ७६ रुपैँया संकलन गरेको छ ।

वडागत राजस्व संकलन यस्तो छ ः

१ नम्बर वडा कार्यालयले मालपोत शुल्क मार्फत २ लाख ४ हजार ३ सय २० रुपैँया, व्यवसाय दर्ता तथा नविकरणबाट ९१ हजार ९ सय ५० रुपैँया, पञ्जिकरण शुल्कबाट १३ हजार ५ सय रुपैँया, घरधुरी करबाट १९ हजार ८ सय ५० रुपैँया र विविध दस्तुर शिर्षकबाट  १ लाख २२ हजार ३३ रुपैँया गरी कूल ४ लाख ५१ हजार ६ सय ५३ रुपैँया  राजस्व संकलन गरेको छ ।

२ नम्बर वडा कार्यालयले मालपोत शुल्क मार्फत १ लाख ३६ हजार ९ सय २७ रुपैँया , व्यवसाय दर्ता तथा नविकरणबाट ३१ हजार रुपैयाँ, पञ्जिकरण शुल्कबाट ७ हजार ७ सय रुपैयाँ, घरधुरी करबाट २६ हजार २ सय ४० रुपैयाँ र विविध दस्तुर शिर्षकबाट १ लाख २६ हजार १ सय १० रुपैयाँ गरी कूल ३ लाख २७ हजार ९ सय ७६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

३ नम्बर वडा कार्यालयले मालपोत शुल्क मार्फत १ लाख २९ हजार ९ सय ६४ रुपैयाँ , व्यवसाय दर्ता तथा नविकरणबाट ४ हजार, पञ्जिकरण शुल्कबाट १३ हजार ७ सय रुपैयाँ, घरधुरी करबाट ३० हजार ७ सय रुपैयाँ र विविध दस्तुरबाट ३ लाख १ हजार १ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ ।

४ नम्बर वडा कार्यालयले मालपोत शुल्क मार्पmत १ लाख २० हजार ६ सय ९४ रुपैयाँ, विज्ञापन करबाट एक सय रुपैयाँ, पञ्जिकरण शुल्कबाट २० हजार ५ सय ५० रुपैयाँ, घरधुरी करबाट ३३ हजार ८ सय ५० रुपैयाँ र विविध दस्तुरबाट २ लाख ३५ हजार ६ सय ३० रुपैयाँ गरी कूल ४ लाख १० हजार ८ सय २४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

५ नम्बर वडा कार्यालयले मालपोत शुल्कबाट २ लाख ३४ हजार ५८ रुपैयाँ, पञ्जिकरण शुल्कबाट २० हजार रुपैयाँ,  घरधुरी करबाट २८ हजार ८ सय ६० रुपैयाँ  र विविध दस्तुबाट ३ लाख ८ हजार ७ सय ८६ रुपैयाँ गरी कूल ६लाख ४० हजार २ सय ९७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

६ नम्बर वडा कार्यालयले  मालपोत शुल्क मार्फत १ लाख ५९ हजार ८ सय ५९ रुपैयाँ, व्यवसाय दर्ता  तथा नविकरणबाट १९ हजार ३ सय रुपैयाँ,  पञ्जिकरण शुल्कबाट १० हजार रुपैयाँ, हाटबजार करबाट १९ हजार ९ सय ५ रुपैयाँ, घरधुरी करबाट १४ हजार ५ सय ३५ रुपैयाँ र विविध दस्तुरबाट ३ लाख ८६ हजार १ सय गरी कूल ६ लाख ४ हजार ५ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको गाउँपालिकाको तथ्याङ्कमा उललेख गरिएको छ ।

चालु आर्थिक बर्षका लागि गाउँपालिकाले ३६ करोड ५४ लाख ३२ हजार रुपैया बजेट विनियोजन गरेको छ भने ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार