समाजवादी पार्टी इलामको समायोजन, अध्यक्षमा चाम्लिङ

इलाम : समाजवादी पार्टी इलामको समायोजन भएको छ । पूर्व संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको समायोजन भएको हो ।

शनिबार इलाम सदरमुकाममा भएको पूर्व दुई पार्टी समाजवादी र नयाँ शक्तिका पदाधिकारीबीच समायोजन भएर समाजवादी पार्टीको जिल्ला समिति घोषणा भएको छ ।

समायोजन पश्चात कमल चाम्लिङको अध्यक्षमा ९७ सदस्यीय नयाँ जिल्ला समिति गठन भएको छ । समितिका उपाध्यक्षहरुमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई चयन भएका छन् ।

सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणीविक्रम लिम्बू, देवकुमार जवेगू, हरी गुरुङ र सुवास चौरासे चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष विनु राई चयन भएका छन् ।

सदस्यहरुमा केशवराज लुइटेल, कुमार रुचाल, सुरेन्द्र यक्पाङदेन, ज्ञानेन्द्र राई, दिलीप राई, जीतबहादुर कुमाल, डिबी कट्वाल, पदम थापा, सन्तोष शिवा, खड्ग आचार्थ, प्रेम सम्पाङ, रोशन लाप्चा, बालकुमारी प्रधान, लेखनाथ पौड्याल, भीम राई, कुलबहादुर थेगिम, हिरण राई, कमलकुमार राई, बालकुमारी राई, अरुणा लिम्बू, एलडी दाहाल, धिरज विराज परियार, कमल मग्राती, भवानी विक चयन भएका छन् ।

त्यस्तै मीना शिवा, मिन्सु जवेगू, हरी अधिकारी, धनसिंह लिम्बू, किसान खजुम,  टुपेन्द्र येक्तेन,  तेजबहादुर राई,  सुरेन्द्र तामाङ, गंगाप्रसाद साउदेन,  विक्रम लेक्वा,  पूर्णचन्द्र फियाक, भूपाल फियाक, लक्ष्मी डोली कार्की, सनमाया तामाङ,  शेसेफाल्गू फेवादेन,  ठगबहादुर फागो,  लक्ष्मी पाधरी,  धनकुमार राई, सुवर्णा राई, वीरबहादुर तामाङ, मोहन देवान, भुपेन योङया, तारा मोरवहाङ,  सपना राई,  सुसन बम्जन तामाङ,  पुनम कुमाल,  राजकुमार माबोहाङ,  मनकुमारी लिम्बू,  रुपबहादुर मगर छन् ।

यसैगरी लेकबहादुर राई,  कविता सुनुवार,  केवी राई,  प्रकाश राई,  प्रकाश राई, संगीता सम्बाहाम्फे,  रंजित राई,  संजय राई,  रोशन राई,  रामकुमार लिङदम, जलन आङबुहाङ, हरी सिप्तुङखा, बहुधन राई, आइतराज साँवा, पदम आङदेम्बे लिम्बू,  रोशन लिम्बू,  डिबी गुरुङ,  टिकाराम सम्बाहाम्फे,  देवी सुनुवार, प्रकाश लिम्बू,  जसहाङ साउदेन, करसिंह राई, पुष्पा राई, रमेश राई,  राजेन्द्र राई,  गंगा सुनुवार,  प्रकाश राई, रामकुमार राई, सरोज राई, दिलबहादुर योङहाङ,  अर्जुन थेवे,  सनम शेर्पा,  राम चाम्लिङ राई चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रुपमा उदय भएको घोषणा गरे । अबको वैकल्पिक पार्टीको रुपमा उदय भएको समाजवादी पार्टीलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गर्दै उपाध्यक्ष कार्कीले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बहुलराष्ट्रिय राज्यको रुपमा रहेको नेपालको समृद्धीका लागि सम्मुनत संघीय समाजवाद मात्र उपयुक्त सिद्धान्त रहेको दावी गरे । उनले पार्टीले मार्गनिर्देशक सिद्धान्तको रुपमा अगाडी ल्याएको सम्मुनत संघीय समाजवादभित्र सबैको पहिचान र अधिकार सुरक्षित हुने बताए । पहिचान र अधिकारका लागि लड्ने एकमात्र पार्टी समाजवादी पार्टी भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य भुराज राई, मित्रप्रसाद चापागाइ, पदम अधिकारी,  प्रदेश १ का सदस्य कमन देवान, विनोद नेम्बाङ, दिपेश राई, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सचिवालय सदस्य सञ्जय राईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम पूर्व संघीय समाजवादी फोरमका अध्यक्ष कमल चाम्लिङ र पूर्व नयाँ शक्तिका अध्यक्ष तुलसी आचार्यको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार