व्यवसायिक योजना र यसको महत्व

  गोपाल पौड्याल  180 पटक हेरिएको

गोपाल पौड्याल

कुनै पनि व्यवसाय स्थापना गरी सञ्चालन गर्नको लागि आवश्यक पक्षहरू जस्तै बजार, उत्पादन, खर्च तथा वित्तसम्बन्धी सम्पूर्ण पक्षहरूको बारे गरिएको योजनालाई नै व्यवसायिक योजना भनिन्छ । व्यवसायिक योजना भनेको व्यवसायको ऐना हो वा जुन उद्यम/व्यवसाय संचालन गरिने हो सोको वारेमा,कच्चा पदार्थ,पूर्वधार,व्यावसायिक वातावरण,पारिवारिक वातावरण,पुजिँ,बजार,शिप आदिका बारेमा पूर्वसम्भाब्यता अध्यायन गर्न जरुरि हुन्छ । व्यवसायिक योजना हेरेपछि प्रस्तावित व्यवसाय के–कस्तो छ भन्ने छर्लङ्ग हुनुपर्दछ । त्यसैले व्यवसायिक योजनाले कुन वस्तु÷सेवा उत्पादन गर्ने हो ? कस्तो गुणस्तरको वस्तु÷सेवा उत्पादन गर्ने हो ? वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो ? बजार माग कस्तो छ ? कस्ता उमेर समुहका वासिन्दाहरुको वाहुलियता उक्त स्थानमा पाइन्छ ? कति परिमाणमा उत्पादन गर्ने हो ? मेसिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ? अन्य खर्चहरू के कति लाग्ला ? कति पूँजी आवश्यक पर्छ ? लगानीको कति प्रतिफल पाउन सकिन्छ ? आदि व्यवसायसम्बन्धी उठ्ने प्रश्नहरूको जवाफ दिनसक्नु पर्दछ ।

व्यवसायको योजना कसको लागि ?

उद्यमी आफ्नै लागि,सम्बन्धित/नियमत कार्यालयहरुमा (दर्ता गर्नुपरेमा) को लागि,बैंकको लागि (बैङ्क ऋण लिनुपरेमा),साझेदारी भएमा साझेदारहरूको लागि,परिवारका अन्य सदस्यहरू (जो व्यवसायमा काम गर्दछन्) को लागि र मार्ग दर्शक स्वरुप,उद्यम/ब्यवसाय स्वयम संचालनको निमित्त व्यवसायिक योजनाको आवश्यक्ता हुन्छ ।

व्यवसायिक योजना किन तयार गर्नुपर्छ ?

उद्योग व्यवस्थितरूपमा स्थापना तथा सञ्चालन गर्न,ऋण प्राप्त गर्न तथा उद्योग दर्ता गर्न,लगानीको दृष्टिकोणबाट उपयुक्त छ, छैन थाहा पाउन,कामको लेखाजोखा गर्न आदि प्रयोजनका निमित्त उद्यम÷व्यवसायको योजना तयार गर्न अत्ति आवश्यक हुन्छ । सरल तरिकाले व्यवसायिक योजना तयार गर्दा कस्ता बुँदाहरु समावेश गर्ने त ? आदि वारे निम्न कुराहरुको चर्चा गरौ ।

परिचय : उद्यमीको रूपमा आफ्नो छोटो परिचय दिंदै आफ्नो छोटो परिचय लेख्ने । आफ्नो शिक्षा तथा अनुभवलाई आपूmले गर्ने व्यवसायमा कसरी प्रभावकारी ढङ्गबाट प्रयोग गरिन्छ भन्ने पनि उल्लेख गर्ने ।

१. उत्पादन गर्ने वस्तु/सेवा : के वस्तु वा सेवा उत्पादन गर्ने हो लेख्ने । यदि वस्तु उत्पादन गर्ने हो भने त्यसको साइज, रङ, आकार, तौल, विशेषता आदि र के कति प्रकारका वस्तु उत्पादन गर्ने हो सो को विवरण दिनुपर्नेछ । यदि सेवा भएको त्यसको प्रकृति तथा विशेषता उल्लेख गर्ने आपूmले उत्पादन गर्ने भनेको वस्तु÷सेवाको हाल बजारमा भैरहेको प्रतिस्पर्धीको वस्तु÷सेवा भन्दा के फरक छ वा कस्तो छ सो पनि खुलाउने ।

२. व्यवसाय स्थापना गर्ने ठाउँ : व्यवसाय स्थापना गर्दा ठाउँलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यदि व्यवसाय खुद्रा व्यापार छ वा सेवामूलक छ भने मुख्य बजारको नजिकै स्थापना गर्नु उचित हुन्छ । यदि उत्पादनमुलक छ भने कच्चापदार्थ पाईने ठाउँ नजिक, आवश्यक पूर्वाधार भएको ठाउँ छानेर स्थापना गर्नु उपयुक्त हुन्छ । व्यवसाय स्थापना गर्ने ठाउँ पनि उद्यमीले लिनुपर्ने महत्वपूर्ण निर्णयहरू मध्ये एक हो ।

३. लक्षित बजार क्षेत्र : आफूले उत्पादन गर्ने वस्तु÷सेवाको प्रकृति, यातायात तथा वितरणको सुविधा, प्रतिस्पर्धा आदि कुरालाई बिचार गरेर आफूले भौतिकरूपमा कुन कुन बजार क्षेत्रमा आफ्नो वस्तु÷सेवा बिव्रmी वितरण गर्ने भन्ने योजना गर्नुपर्दछ ।

४. उत्पादन/बिक्री लक्ष्य : आपूmले बिव्रmी वितरण गर्ने योजना गरेको बजार क्षेत्रमा सो वस्तु÷सेवाको उपभोग कति गरिरहेका छन्, प्रतिस्पर्धी कति छन् ? ठूला साना कस्ता छन् ? उनीहरूको वस्तु÷सेवा र आफ्नो वस्तु ठ्याक्कै उस्तै छ कि फरक छ आदि कुराहरूको मनन् गरेर कति परिमाणमा वस्तु÷सेवा उत्पादन÷बिव्रmी गर्ने भन्ने निर्धारण गर्नुपर्दछ ।

५. उत्पादन प्रक्रिया विधि : वस्तु वा सेवाको उत्पादन कसरी गरिन्छ वा कुन विधि÷तरिकाबाट उत्पादन गर्ने भन्ने बारे उद्यमीलाई ज्ञान हुनुपर्दछ । व्यवसायिक योजनामा वस्तु÷सेवा उत्पादन गर्ने मुख्य मुख्य व्रिmयाकलापको विवरण खुलाउनुपर्दछ । यसले गर्दा उत्पादनको हर चरणमा कस्तो दक्षता भएको कति कामदारको आवश्यकता पर्दछ भन्ने पनि थाहा हुन्छ ।
६. आवश्यक स्थिर सम्पत्ति : व्यवसाय सञ्चालन गर्नको लागि के कति घर जग्गा, मेसिन औजार, फर्निचर तथा सवारी साधन आवश्यक पर्दछ भन्ने कुराको बारेमा राम्रोसँग अन्दाज (इस्टिमेट) गर्नुपर्दछ । किनकि यदि चाहिने भन्दा बढी अनुमान गरियो भने,बढी पूँजी लगानी पर्ने हुँदा अनावश्यकरूपमा बढी व्याज तिरिराख्नुपर्ने हुन्छ । बढी व्याज तथा ह्रासको कारणले वस्तु÷सेवाको लागत बढ्न जान्छ,चाहिने भन्दा बढी उत्पादन हुने हुँदा मौज्दात बढ्दै जान्छ । मौज्दात बढ्नुको अर्थ लागत बढ्नु हो ।व्यवसायिक योजना बढी खर्चिलो देखिएमा वित्तीय संस्थाहरूले लगानी नगर्न सक्छन् ।सम्भव भएसम्म सुरुमा कम मेसिन र सानो टहराबाट उद्योग स्थापना सुरु गर्नु राम्रो हुन्छ । घर जग्गा भाडामा लिन पनि सकिन्छ । मेसिन खरिद गर्दा त्यसको ठीक क्षमता थाहा पाउनुपर्दछ । कति घर÷जग्गा÷टहारो, मेसिन औजार तथा कुन क्षमता वा कति साईजको कतिवटा चाहिन्छ तिनीहरूको मूल्य कति पर्छ, जडान खर्च कति लाग्छ भन्ने आदि कुराहरू उल्लेख गनुपर्दछ ।

७. स्थिर सम्पत्तिमा ह्रासकट्टी : घर÷टहारो, मेसिन÷औजार, फर्निचर आदि प्रयोग गर्दै जाँदा केही समय पछि प्रयोग गर्न नसकिने स्थितिमा पुग्दछ र त्यसको सट्टा अर्को ल्याउनुपर्ने हुन्छ । अर्को सामान ल्याउनको लागि व्यवसायले वर्षेनी केही रकम छुट्याएर राख्नुपर्दछ । यसैलाई ह्रासकट्टी भनिन्छ । यसरी रकम छुट्याउँदा के को आधारमा कति रकम राख्ने भन्ने प्रश्न आउन सक्दछ । सानो व्यवसायहरूले यसको लागि या त आफ्नो स्थिर सम्पत्तिको आयु कति छ त्यसको आधारमा सम्पत्तिको मूल्यलाई त्यसको आयुले भाग गरेर निकाल्न सकिन्छ या कर कार्यालयले तोकेको दरअनुसार ह्रासकट्टी काट्न सकिन्छ ।

८. कच्चापदार्थ आवश्यकता र त्यसको लागत : आपूmले लक्षित गरेको परिमाणमा वस्तु÷सेवा उतपादन गर्न कति कच्चापदार्थ चाहिन्छ पत्ता लगाउनुपर्दछ । कच्चापदार्थ हिसाब गर्दा दैनिक÷मासिक वा वार्षिकरूपमा कति एकाइ चाहिन्छ हिसाब गर्नुपर्दछ । परिमाण थाहा भएपछि प्रति एकाइ दर कति पर्छ बुझी जम्मा दैनिक÷मासिक वा वार्षिक अनुमानित कच्चापदार्थ लागत कति पर्दछ निकाल्न सकिन्छ । कच्चापदार्थको बारेमा निर्णय लिंदा कच्चापदार्थको स्रोतमा पनि उत्तिकै ध्यान दिनु आवश्यक पर्दछ । कच्चापदार्थको स्रोतको बारेमा मुख्य तीन कुराहरूमा ध्यान पु¥याउनुपर्दछ । ती हुन् ःकच्चापदार्थको मूल्य,यातायात तथा ढुवानी खर्च कम गर्न उत्पादन स्थलको नजिक भएको र वर्षैभरि पाईन्छ, पाईदैन वा आपूर्ति कतिको भरपर्दो छ ।

९. आवश्यक कामदार र लागत : उद्योग/व्यवसायमा काम गर्ने कामदारहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ; प्रत्यक्ष कामदार र अप्रत्यक्ष कामदार, व्यवस्थापक, लेखापाल, बिव्रmेता आदि जस्ता उत्पादन कार्यसंग सोझै सम्बन्ध नभएका कामदारलाई अप्रत्यक्ष कामदार भनिन्छ भने उत्पादनसँग सीधा सम्बन्ध भएकालाई प्रत्यक्ष कामदार । त्यस्तै गरी प्रत्यक्ष कामदार पनि दक्ष, अर्धदक्ष र अदक्ष गरी तीन किसिमका हुन्छन् । व्यवसायिक योजनामा आफ्नो उद्योग व्यवसायलाई के कस्ता किसिमका, कतिजना कामदार आवश्यक पर्दछन् र उनीहरूलाई मासिक कति ज्याला÷तलब दिनुपर्दछ । हिसाब गरी मासिक/वार्षिक कामदार खर्च कति लाग्छ निकाल्नुपर्दछ ।

१०. अन्य शिर्षभार खर्च : वस्तु/सेवा उत्पादन गर्दा लाग्ने कच्चापदार्थ र कामदार बाहेकका खर्चहरू जस्तै घरभाडा, मर्मत–संभार, मसलन्द, यातायात, ढुवानी, पानी, बिजुली, टेलिफोन, चिया–खाजा तथा अन्य भैपरी आउने खर्चहरूलाई अन्य शिर्षभार खर्च भनिन्छ । यस्ता खर्चहरूमा कुनै एउटा हदसम्म उत्पादनमा तल माथि हुँदा खर्चको रकममा खास तल माथि हुँदैन । तसर्थ यस्ता खर्चहरू सकेसम्म घटाउन सकियो भने वस्तु÷सेवा उत्पादन गर्न लाग्ने लागत कम गर्न सकिन्छ ।

११. प्रति एकाइ लागत : कच्चापदार्थ खर्च, कामदार खर्च र अन्य खर्च जोडेर लाग्ने रकमलाई उत्पादन परिमाण/सेवाका सङ्ख्याले भाग गरेर वस्तु/सेवाको प्रति एकाइ लागत निकाल्न सकिन्छ । खर्चहरूको हिसाब साधारणतया मासिकरूपमा गरिन्छ । यसरी प्रति एकाइ लागत निकाल्दा मासिक खर्च हिसाब गरिएको भए मासिक उत्पादन परिणामले र वार्षिक खर्च हिसाब गरिएको भए वार्षिक उत्पादन परिमाणले भाग गर्नुपर्दछ । यस अवस्थामा ह्रासकट्टी र व्याजलाई जोडिदैन । किनकि यस अवस्थामा हाल कति ऋण चाहिन्छ पत्ता लागेको छैन भने ह्रासकट्टी भनेको नगद खर्च होइन । तसर्थ यसलाई चालू पूँजीको हिसाब गर्दा राख्नुपर्दैन ।

एकभन्दा बढी वस्तुलाई उत्पादन गर्दा : व्यवहारमा, माथि उल्लेख गरिएजस्तो तरिकाले लागत पत्ता लगाउन सकिन्न । केही साना उद्योगले मात्र बिव्रmीका लागि एउटा मात्रै वस्तु उत्पादन गर्छन् । त्यसैले कुनै एक वस्तुको लागत निकाल्ने काममा जटिलता उत्पन्न हुन्न । तर एकभन्दा बढी वस्तु उत्पादन गरेको अवस्थामा कुनै एउटा एकाइमा लाग्ने कच्चापदार्थ र अप्रत्यक्ष सामग्रीको लागत पत्ता लगाउन त सजिलो हुन्छ । तर कुनै एउटा निश्चित एकाइको श्रम परिमाण अथवा उपरी लागत (अन्य खर्च) बाँडफाँड गर्नुपर्दा समस्या उत्पन्न हुन्छ । यसका लागि निम्न तरिकाद्वारा श्रम र उपरी लागत (अन्य खर्च) को बाँडफाँड गर्न सकिन्छ ।

मजदूरीको बाँडफाँडःकुनै उत्पादनको प्रत्यक्ष लागत जान्नका लागि तल दिइएको सरल नियम पालन गर्नुहोस् । वस्तुको उत्पादन गर्दा, लाग्ने प्रत्यक्ष श्रम घण्टाले प्रतिघण्टा मजदूर दरलाई गुणा गर्नुहोस् । कुनै वस्तु उत्पादन गर्दा लागेको कुल प्रत्यक्ष श्रम लागतलाई कुलमा प्रत्यक्ष श्रम घण्टाले भाग गर्दा प्रति घण्टा प्रत्यक्ष मजदूरी दर निस्कन्छ ।

तसर्थ : वस्तु/सेवाको बजार, प्रविधि, कच्चापदार्थ तथा कामदारको उपलब्धता, वित्तीय विश्लेषण आदिको आधारमा प्रस्तावित व्यवसाय गर्नु संभाव्य छ छैन, सुरु गर्ने हो होइन उद्यम÷ब्यवसाय संचालन पूर्व गम्भिर ढंगवाट अध्यायन,अनुसन्धान गरि संचालन गरेमा परिवार,समाज र राज्यलायई समेत टेवा पु¥याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार