विमला तुम्खेवाको ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि विमर्श (भिडियो सहित)

  राम योङहाङ  209 पटक हेरिएको


इलाम : साहित्यकार विमला तुम्खेवाको कृति ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि विमर्श गरिएको छ । इलाम सदरमुकामस्थिम बगैंचा रेष्टुरेन्टमा भएको कार्यक्रममा तुम्खेवाको कविता संग्रहमामा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।

‘फरक आयाम’ को आयोजनामा भएको कार्यक्रममा साहित्यकार तुम्खेवाद्वारा लिखित ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि साहित्यकार विमल वैद्य, बालिका थपलिया, जितेन मुस्कानले समिक्षा गरेका थिए ।

कार्यक्रममा समिक्षा गर्दै बालिका थपलियाले कृतिकार तुम्खेवाल आफ्नोे कृतिमा साधारण बोलचालाको भाषामा बोलिने सरल शब्दको प्रयोग गरेर कविताको गहिराई चुम्ने कोसिस गरेको बताईन् । कृतिमा मायाप्रेम, देशप्रेम, दर्शन, युद्धका कथा एवम् जीवनका अनेक कथाहरु समटेर पाठकको मनमा बिझन् सफल बनेको बताईन् ।

साहित्यकार बिमल वैद्यले कविता लेखनका कुनै सीमा र क्षेत्र नहुने भन्दै कविताको दम्भ विगतमा जस्तो थियो, वर्तमान र भविष्यमा पनि त्यस्तै रहने तुम्खेवाको कविताले प्रमाणित गरेको बताए । जितेन मुस्कानले ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सालिन विद्रोह रहेको बताए । कृतिमा मुन्भुमी सौन्दर्य र मुन्धुमी चेतलाई अत्यन्त सरल तरिकाले व्यक्त गरिएको र प्रमिल कविताका साथै केही भुँई मान्छेका काथहरु समेटिएको बताए । प्रकाश थाम्सुहाङले सरल र बोधगम्य रहेको प्रतिक्रिया दिए ।

कृतिकार तुम्खेवाले नेपालमा भएको जनयुद्धको समय र त्यसको पेरिफेरीमा लेखिएको कवितामा त्यस समयमा आम नेपाली नागरिकले भोगेको कथाहरुलाई आफ्नो कृतिमा समेटेको बताईन् ।

चौथो कृतिको रुपमा बजारमा आएको कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ मा ४७ वटा कविता समाविष्ट छन् । उनको कवितामा समसामयिक भूगोल, राजनीतिक अवस्था, सामाजिक अवस्था, देशप्रेम, मायाप्रेम लगायतमा आधारित कविताहरु छन् ।

यसअघि तुम्खेवाको ‘विमला तुम्खेवाका कविताहरु २०५५’, ‘नदी, छाल र तरङगहरु २०६०’ र संस्मरण एउटा बुढो रुखको २०६०’ कृतिहरु प्रकाशित भइसकेका छन् ।

कार्यक्रमको पूरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार