कथित माईली पाथिभराको पुजारीको अर्को कर्तुत, दानपेटिका चोरीमा पुजारीकै संलग्‍नता !

  नयाँ बुलन्द
7 Shares

झमकबहादुर घिमिरे । फाइल तस्वीर

इलाम : इलाम नगरपालिका वडा नम्बर ४ को धारापानीमा कथित माईली पाथीभराको नाममा हज्जारौंलाई वेवकूफ बनाउँदै आएका कथित पुजारी पुजारी झमकबहादुर घिमिरेको अर्को कर्तुत सार्वजनिक भएको छ ।

झापाबाट लाखौंको रकम झ्वाम पारी इलाममा कथित पुजारी बनेका ४५ वर्षीय घिमिरेले मन्दिरको दानपेटिका नै चोरी गरेका छन् । त्यहाँ राखिएको दानपेटिका रकमसहित उनै पुजारी घिमिरेले चोरी गरेको खुलेको हो । गत वैसाख २ गते राती दानपेटिका चोरी गरेको पाथीभरा संरक्षण समितिले गरेको अनुसन्धानमा खुलेको समितिका एक पदाधिकारीले बताए ।

सुरुमा उनका छोरा सुदिल घिमिरेले चोरी गरेको घिमिरे परिवारबाट स्वीकार गरिएपनि थप अनुसन्धानबाट पुजारी झमक घिमिरेले नै चोरी गरेको खुलेको बताइएको छ । पूजा गर्ने स्थान नजिकै राखिएको दानपेटिका बिहान नभेटीएपछि समितिले खोजी गरेको थियो । खोजी गर्ने क्रममा पुजारी घिमिरेका छोरा सुदिल घिमिरेले दानपेटिका चोरी गरी फरार भएको बताइएपनि अनुसन्धानको क्रममा झमकबहादुर घिमिरेले नै चोरी गरेको खुलेको बताईएको छ । दानपेटिकामा करिब ३० हजार रुपैयाँ रहेको समितिका सचिव सूर्य रीजालले बताए ।

छोरा सुदिल घिमिरे फरार

कथित पाथीभराको स्थापना नै सुनियोजित रुपमा भएको आशंका गरिएको छ । लाखौंको ऋण तिर्न उपाय खोज्ने क्रममा कथित पाथीभराको स्थापना गरेको हुनसक्ने जिल्लाबासीको आशंका छ । पछिल्लो दानपेटिका चारीको घटना समेत संकास्पद छन् । दानपेटिका चोरी भएपछि पुजारी भनिएका झमक घिमिरेका छोरा सुदिल घिमिरे फरार छन् ।

पाथीभरा संरक्षण समितिले दानपेटिका चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएपछि सुदिल फरार छन् । यसपछि दानपेटिका चोरीको घटना थप रहस्यमय बनेको छ । प्रहरीले अनुसन्धान गर्ने भएपछि निज पुजारीकै छोरा फरार हुनुमा पारिवारिक संलग्नता नै रहेको अनुमान गर्न सकिन्छ ।

छोरा सुदिललाई फरार गराउने अरु कोही नभएर उनै झमक घिमिरे नै भएको पत्ता लागेको समितिको सदस्यको भनाई छ । पूजारी झमक घिमिरेलाई बचाउ गर्न छोरा फरार भएको नाटक गरेको हुनसक्ने धेरैको अनुमान छ । तर अनुमान जेसुकै भएपछि प्रहरीको अनुसन्धान सफल भएपछि मात्र यकिन हुनेछ ।

फरार सुदिल उपस्थित हुनुपर्छ : प्रहरी
यता जिल्ला प्रहरी कार्यालय इलामले दानपेटिका चोरीको घटना संकास्पद रहेकाले अनुसन्धानका लागि फरार सुदिल उपस्थित भएपछि मात्र यथार्थ कुरा बाहिर आउने बताएको छ । ‘पुजारीकै छोराले चोरी गरेको भन्ने समितिबाट आएको छ । तर उनी फरार छन्,’ प्रहरी प्रमुख माधव श्रेष्ठले भने, ‘चोरीको केसमा प्रमाण विना केही नहुने भएकाले अनुसन्धानका लागि फरार सुदिललाई तत्काल ल्याउन भनेका छौं । उनलाई उपस्थित गराएपछि मात्र यथार्थ थाहा हुन्छ ।’

झापाबाट ५७ लाख झ्वाम पारेर इलाम आएका घिमिरे स्वघोषित पुजारी 

झमकबहादुर घिमिरेले केही दिनअघि झापा मेचीनगर १४ का ३६ जना स्थानीयले आफुहरुबाट ५७ लाख रुपैयाँ भन्दा बढी ठगी गरेर भागेको भन्दै जिल्ला प्रशान कार्यालय झापामा उजुरी गरेका थिए । उजुरीपछि उनलाई इलामबाट झापा लगिएको थियो । छलफलका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले घिमिरेलाई मेचीनगरपालिका वडा नम्बर १४ लाई जिम्मा लगाएको थियो ।

वडा कार्यालयले पीडित समेतको उपस्थितिमा छलफल गरी सम्पूर्ण रकम फिर्ता गर्ने सहमती गर्दै वडा कार्यलयको रोहबरमा तमसुक गरी घिमिरेलाई छाडिएको थियो । तमसुकमा घिमिरेले २०७६ असोजदेखि ०७७ असोजसम्म लिएको ऋण साँवा र ब्याजसहित तिर्न नसके आफ्नो पैत्रिक सम्पतिबाट असुल उपर गरिने उल्लेख छ ।

घिमिरेले विभिन्न व्यवसाय गर्ने बहानामा झापामा धेरैको रकम ठगेपछि इलाम आएर पाथीभराको नाममा अर्को ठग धन्दा चलाउन खोजेको स्थानियको भनाइ छ । पछिल्लो समय झापामा बस्दै आएका घिमिरे आफुमा पाथिभरा माताको शक्ति आएको भन्दै गत कात्तिकमा इलाम आएका हुन् । पुजारीको नाममा पटक पटक विबाद आएपछि समितिले बैशाख ७ गतेलाई छलफलका लागि बैठक बोलाएको बताएको छ ।

यसअघिका सम्बन्धि समाचार पनि पढ्नुहोस् :

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार