राहसल बाल अनार्थलयका बालबालिका धार्मिक तिर्थ यात्रामा

इलाम : राहसल बाल अनार्थलयका बालबालिका धार्मिक यात्रामा निस्किएका छन् । इलामका युवा समाजसेबी सुमन श्रेष्ठको सहयोगमा राहसलका ५ बालबालिका र उनिहरुका सहयोगी सहित ९ जना शुक्रवार देखि तिर्थ यात्रामा निस्किएका हुन् ।

टोली आज दिउसो इलाम बाट ताप्लेजुङ्को पाथिभरा सम्मको यात्रामा निस्किएको हो । तीन दिन सम्म हुने तिर्थ यात्रामा ताप्लेजुङ्को प्रशिद्ध धार्मिक क्षेत्र ठुलो पाथिभरा पुगेर फर्कने कार्यक्रम रहेको सुमन श्रेष्ठले जानकारी दिए ।

टोली आज ताप्लेजुङ् सदरमुकाम गएर पहिलो दिनको बासबस्ने योजना रहेको समेत श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार