चैत अन्तिम सातादेखि प्रदेशस्तरीय ‘एसईई स्टेट वान आइडल’ हुने (भिडियो सहित)

इलाम : फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा चैत अन्तिम सातादेखि प्रदेश १ स्तरीय ‘एसईई स्टेड वान आइडल’ संचालन हुने भएको छ ।

शिक्षालाई संगीतसँग जोड्ने उद्देश्यले एसईई दिएर बसेका छात्रछात्राहरुको गायन प्रतियोगिता संचालन गर्न लागेको शुक्रबार इलाममा पत्रकार भेटघाट गरी आयोजक फक्ताङलुङ मिडिया हाउसले जानकारी दिएको छ ।  सुनसरीको धरानमा फाइनल अडिसन हुने आइडलको पहिलो अडिसन प्रदेश १ का १४ वटै जिल्लामा हुनेछ ।

हरेक बालबालिकामा भएका आन्तरिक प्रतिभाको पहिचान गरी उनीहरुलाई उचित अवसर दिलाउन कार्यक्रम आयोजना गरिएको फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरबहादुर तुम्बापोले जानकारी दिए । प्रतियोगितामा यसै वर्ष एसईई दिएर बसेका १४ जिल्लाका छात्रछात्राहरु सहभागी हुन पाउनेछन् । सहभागीताका लागि आयोजकले एसईईको प्रवेशपत्र अनिवार्य भनेको छ ।

पहिलो चरणको अडिसन यही चैत अन्तिम सातादेखि ओखलढुङगाबाट सरु हुनेछ । आइडलमा सहभागिताका लागि प्रतियोगीले फाराम शुल्क बापत ३ सय रुपैयाँ मात्र तिर्नुपर्नेछ । साथै टप १० पश्चात समेत कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता २५ प्रतिशत भोटिङ प्रक्रिया र ७५ प्रतिशत निर्णायकबाट हुने व्यवस्थत गरिएको अध्यक्ष तुम्बापोले बताए ।

विजेताले नगद ५० हजार सहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, शतप्रतिशत छात्रवृतिमा प्लस टु पढ्ने अवसर पाउनुका साथै विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्। फस्ट रनरअपले नगद ३० हजार, ५० प्रतिशत छात्रवृतिमा प्लस टु पढ्ने अवसर पाउनुका साथै विभिन्न गिफ्ट ह्याम्पर पाउनेछ । त्यस्तै सेकेण्ड रनर अपले नगद २० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सबटाइटलहरु पनि प्रदान गरिने जनाइएको छ ।

‘गुणस्तरीय शिक्षा हाम्रो चाहना, शिक्षासँगै सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ संचालन हुने आइडलको फाइनल अडिसन  जेठको अन्तिम साता हुनेछ । आइडलमा करिब २ सय प्रतियोगी सहभागी हुने आयोजकको अपेक्षा छ । त्यसका लागि करिब १५ लाख रुपैयाँ अर्च लाग्ने अनुमान गरिएको आयोजकका अध्यक्ष तुम्बापोले जानकारी दिए ।

हेर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार