लुटको धन्दालाई छुट दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैसित डराउनु नपर्ने बताएका छन् ।

कडा सुरक्षाबीच बुधबार राजधानीमा नेपाल नगरपालिका संघको २६औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लुटेरा’लाई लुट्न नदिन र कसैसित नडराउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रहपनि गरे ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रति लक्षित गर्दै उनले ‘लुटको धन्दालाई अब छुट दिन सकिँदैन’–भने ।

पृथकतावाद समाप्त भएको र राष्ट्रियता एकजुट भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले विखन्डनवाद देखाएर राजनीति गर्नेहरुको रोजीरोटी खोसिएकाले उनीहरुको टाउको दुखेको बताए ।

नेपालमा अब आन्दोलनको अवधि समाप्त भएको भन्दै उनले व्यर्थको आन्दोलनमा लाग्नुभन्दा सुशासन र विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार