प्रदेश १ लाई खेलकुदको राजधानी बनाछौैं : मुख्यमन्त्री राई (भिडियो सहित)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर : राम योङहाङ

इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने बताएका छन् । इलाममा सुरु भएको पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताए हुन् ।

मुख्यमन्त्री राईले खेलकुदका माध्यमबाट समग्र प्रदेशको विकासमा टेवा पुर्याउने उल्लेख गर्दै प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले खेदकुदका माध्यमबाट पर्यटन विकास गर्दै प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान प्रदेश १ लाई खेलकुदको राजधानी बनाइने बताए ।

प्रदेशलाई उत्कृष्ठ प्रदेश बनाउन सवै क्षेत्रको विकास उत्तिकै आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले खेलकुदलाई पनि उत्तिकै महत्व दिएर अघि बढेको बताए । उनले प्रदेश सरकारको आयोजनामा देशकै सबैभन्दा बढी धनरासी पुरस्कारको अन्तराष्ट्रिय स्तरको मुख्यमन्त्री कप समेत आयोजना गरिने जानकारी दिए ।

‘आगामी जेठमा प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने गरी अहिलेसम्मबै ठूलो धनराशीको अन्तराष्ट्रिय स्तरको मुख्यमन्त्री कप फू६बल आयोजना गरिनेछ’ मुख्यमन्त्री राईले भने, ‘प्रतियोगितामा स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई समेत प्राथमिकता दिइनेछ ।

जिल्लाबाट खेलाडी उत्पादनमा समेत पहल गर्नुपर्ने बताउँदै उनले यस्ता प्रतियोगितालाई प्रदेश सरकारले सहयोग गर्ने बताए ।

आयोजक माईभ्याली फूटबल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न प्रदेश सरकार तथा जिल्लावासी समक्ष आग्रह समेत गरे ।

प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार