विकासको सम्बाहक नै सन्चार हो : उपाध्यक्ष कन्दङ्वा

तेह्रथुम : तेह्रथुमको आठराई गाउपालिकाको सक्रान्ती बजारमा आधारभुत पत्रकारिता सम्बन्धी तिन दिने तालिम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासघ (फोनिज) द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास, पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता,पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व,सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको भुमिका, समाचार लेखनको ततिका,खोजी पत्रकारिताको मर्म,रिपोर्टिङ गर्ने तरिका, कार्यक्रम उत्पादन गर्ने तरिका लगयतका बिशयमा छलफल भएको छ ।

गाउपालिका क्षेत्रका २१ जना सहभागी तालिममा कृष्ण बिदुखी गौतम, चन्द्र कार्कि लगायत राश्टृय सन्चारमा कार्यरत पत्रकार हरुले सहजीकरण गर्नुभएको छ । उध्योग बाणिज्य सघ उपशाखाको हलमा भएको तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी आठराई गाउपालिका उपाध्यक्ष रुपादेवि कन्दङ्वाले बिकास र परिवर्तनको सम्बाहक नै सुचना र सन्चार भएको बताइन ।

पत्रकारहरुको अभावमा आठराई गाउपालिकाको गतिविधिहरु बाहिर ल्याउन नसकेको बताउदै उपध्यक्ष कन्दङ्वाले स्थानीय तहको कार्यहरुलाई सन्चारको मुलधारमा ल्याउन सके मात्र स्थानीय तहको समृद्धि हुने धारणा राखिन ।

सन्चारकर्मिको अनुपस्थितिमा गाउपालिकाको कार्य नै गुमनाम अबस्थामा रहेको बताउदै उनले फोनिजको उदेश्यले नया पत्रकार हरु तयार भई गाउपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने तर्क राखिन । कार्यक्रममा बोल्दै ले शुचनाको क्षेत्रमा आठराई गाउपालिका पछि रहेकाले अबको दिनमा त्यस्तो अबस्थाको अन्त्य भर्को उध्घोश गरिन ।

कार्यक्रममा सहभागीको तर्फबाट हरिमाया श्रेष्ठ, दुर्गाहाङ लिम्बू , महिला अधिकार मन्चका आठराई अध्यक्ष सिर्जना लामा फोम्बो , आठराई गाउपालिका -२ का अध्यक्ष दिलकुमार पाहिम लगायतले मन्तव्य राखे थिए ।

आठराई गाउपालिकाको सहयोगमा आयोजना गरिएको तालिमको समापन कार्यक्रम गाउपालिका उपाध्यक्ष कन्दङ्वाको प्रमुख आथित्य तथा फोनिजका जिल्ला अध्यक्ष टीआर सेनेहाङ्को अध्यक्षतामा सम्पन्न भएको फोनिजका सचिव प्रकाश पाक्सावाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार