प्रदेश संरचना नयाँ भएकाले काम गर्न कठिनाई : मन्त्री आङ्बो (भिडियो सहित)

इलाम : प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो मौसमले संघियताको अभ्यासको क्रममा रहेकाले काम गर्न कठिनाई भएको वताएका छन् । इलामको एकतप्पामा एक कार्यक्रमलाई सम्वोधन गर्न पुगेका मन्त्री आङ्वोले संवाददातासँग कुरा गर्दै नीतिगत जटिलताका बाबजुत पनि लक्ष अनुरुप आर्थिक प्रगती देखाउने दावी गरे । लामो समय खर्च गर्ने विधि र तरिका वनाउनमा नै समय लागेको स्विकार्दै ६० प्रतिशत भन्दा धेरै पूजिगत खर्च गरिने वताए ।

कतिपय अवस्थामा ३ तहका सरकारबीच तादम्यता नदेखिएको अवस्था छ । प्रदेश सरकारले आफु मातहतका कार्यालय र इकाइहरु व्यवस्था गर्न नसक्दा पूर्णरुपमा प्रदेश सरकार अन्तर्गतको बजेट खर्च हुनेमा पनि शंका देखिएको छ । कतिपय स्थानीय तहले प्रदेश सरकारमार्फत कार्यक्रमलाई अघि बढाए पनि केहि योजनाहरु सञ्चालन हुने अवस्था देखिदैन । कतिपय अवस्थामा स्थानीय तहले प्रदेश सरकार अन्तर्गता योजना कार्यान्वयनमा चासो दिएका छैनन् ।

मन्त्री आङ्वोले सरकार वनेको १ वर्षमा आएका धेरै समस्या हल हुदै गएकाले अव सहज हुदै जाने धारणा राखे । ‘नयाँ संरचना र अभ्यासमा रहेकाले संघीयताको कार्यान्वयनमा थुप्रै जटिलता उत्पन्न भएका छन्,’ उनले भने, ‘कानुनको अभाव, कर्मचारी संयन्त्र परिचालन र प्रदेश केन्द्र र स्थानीय सरकारले काम गर्ने क्षेत्रको टुङ्गो लागेको छैन ।’

धेरै समस्या निम्त्याउने भनेकै पर्याप्त कानुन निर्माण नहुनु भए पनि अहिले कानुन निर्माणको प्रकृया अघि बढेकाले अव सहज हु“दै जाने उनको भनाई थियो । सरकारले लिएको बाटो सहि भएको भन्दै अपेक्षा गरे बमोजिम भने काम अघि बढाउन नसकिएको उनको स्विकारोक्ती छ । विष्तृत सम्भाव्यता अध्ययन नहुनुले प्रदेशका कार्यक्रम र बजेट कार्यान्वयन गर्न समस्या भएको मन्त्री आङवोले वताए । ‘यो समस्या प्रदेशमा मात्र नभएर केन्द्रमा पनि उत्तिकै छ,’ उनले भने, ‘तर डिपीआर तयार भएका योजना कार्यान्वयन गर्न भने कठिन छैन ।’

सम्भाव्यता अध्ययन गर्नमा नै धेरै समय खर्चनु परेकाले वजेट कम खर्च भएको जनाउदै मन्त्री आङवोले आगामी वर्षहरुमा यस्तो समस्या कम आउने दावी गरे । ‘पर्याप्त कर्मचारी नहुनु, खर्च गर्ने इकाईहरु समयमा व्यवस्था हुन नसक्नु पनि समस्याको कारण हो,’ उनले भने, ‘अहिलेको सार्वजनिक खरिद ऐन पनि त्रुटिपूर्ण भएकाले पनि अवरोध पुगेको छ ।’ यो ऐनले पूजीगत खर्चमा वाधा पुर्याएको उनको भनाई छ ।

उनले अहिलेको संघीय सांसदले सार्वजनिक खरिद ऐन सच्याउने अपेक्षा राखे । यदि नसच्चिए संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै व्यवहारिक ढंगको वित्तिय अनुशासनलाई पनि ख्यालमा राखेर चुस्त दुरुस्त ऐन प्रदेश सरकारले पास गर्ने उनले जानकारी दिए । ‘यो ऐन वनेपछि भने वजेट कार्यान्यनमा देखिएका धेरै समस्या हल हुनेछन्,’ उनले भने, ‘धेरै योजनाहरु उपभोक्ता समिति र ठेक्का प्रकृयामा पनि धेरै योजना गएकाले समयमा उपलब्धी उत्साहजनक हुन्छ ।’

संविधानले ३ तहका सरकारलाई आ–आफ्नै जिम्मेवारी संविधानले नै दिएकाले अप्ठेरो नपर्ने उनको तर्क छ । संघीयता नयाँ अभ्यास भएकाले यसलाई रक्षा गर्न र कार्यान्वयन गर्न समय लाग्ने वताउदै अहिलेको अवस्थालाई अन्यथा मान्नु नहुने उनको भनाई छ ।

मूख्य गरी इलामका हरेक भेगलाई सडक सञ्जालस“ग जोड्न प्रदेश सरकार कृयाशिल रहेको वताउदै पा“चथरमा पनि भौगोलिक जटिलता अनुसार दिर्घकालिन महत्वका पूर्वाधार योजना रहेको उनले वताए ।

भिडियो हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार