
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ शंखाबुङ्गमा २ दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।जीवन विकास लघुवित्त वित्तीय संस्था नयाँबजार शाखाको आयोजनामा बिहिबारबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो।
तालिममा बेमौसमी तरकारी खेती कसरी गर्ने, त्यसको हेरचाह र गोडमेल तथा रोगकिराको कसरी व्यवस्थापन गर्ने र बेमौसमी तरकारी खेतीका फाइदाहरू बारे जानकारी गराइएको थियो ।
संस्थामा आवद्ध सदस्यहरूलाई बेमौसमी तरकारी खेती सम्बन्धि ज्ञान र सीप प्रदान गरी आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था नयाँबजारका शाखा प्रमुख निर्मल कुमार गच्छादारले बताए।
शाखा प्रमुख गच्छदारको संयोजकत्वमा सम्पन्न तालिममा २५ जना सदस्यहरूको सहभागिता रहेको थियो।



















































