वीर अस्पतालमा विरोध कार्यक्रम

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा लामो समयदेखि उपकुलपतिको पद रिक्त रहँदा काम प्रभावित भएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

छिटोभन्दा छिटो उपकुलपति नियुक्तिको माग राख्दै कर्मचारीहरुले दिनको एक घन्टा वीर अस्पतालमा विरोध कार्यक्रम गर्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले भने पाँच महिनाअघि नै तीनजनाको नाम सिफारिस गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइसकेको छ ।

उपकुलपति नियुक्त हुन नसक्दा हाल रेक्टर, रजिष्ट्रार, डीन, वीर अस्पतालका निर्देशक र ट्रमा सेन्टरमासमेत नियुक्ति हुन सकेको छैन ।

वीर अस्पतालमा कार्यरत् कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसीले प्राज्ञिक संस्थामा ६ महिनादेखि उपकुलपति नियुक्ति हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

यी संस्थामा औषधि, उपकरणलगायतका सामग्री खरिद गर्नसमेत समस्या भएको जनाइएको छ ।

नियुक्ति प्रक्रिया अघि नढाएसम्म विरोधका कार्यक्रम जारी राख्ने कर्मचारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार