फाकफोथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि टुबोर्ग फूटबल क्लब मंगलबारे र माइपोखरी फूटबल क्लब माइपोखरी भिड्ने भएका छन् ।
मंगलबार भएको सेमीफाइलनमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गर्दै टुवोर्ग र माइपोखरीले फाइलनको यात्रा तय गरेको हो । यी टिमबीच बुधबार दिउँसो १२ बजेदेखि हुने फाइलनमा भिडन्त हुने पक्का भएको हो ।
मंगलबारको पहिलो सेमीफाइलनमा चौबन्दी फूटबल क्लब फाकफोकथुम ७ लाई २-० गोलको सहज जित निकाल्दै टुबोर्ग फूटबल क्लब मंगलबारेले फाइलनको यात्रा तय गरेको हो । जितका लागि टुबोर्गका लागि दुवै गोल दीपेश वर्देवाले गरका थिए ।
त्यस्तै दोस्रो तथा अन्तिम सेमीफाइलनमा पाथीभरा फूटबल क्लब फाकफोकथुम ७ लाई २-० गोलले नै परिजत गर्दै माइपोखरी फूटबल क्लब माइपोखरी उपाधिनजिक पुगेको हो ।
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् । प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता थियो ।
देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।
भेट्रानकप फूटबलको उपाधिका लागि इभाङ र फिँजरा भिड्दै
सोही अवसरमा आयोजित ४० वर्ष माथि उमेर समूहको भेट्रानकप फूटबल प्रतियोगितामा उपाधिका लागस माङसेबुङ फूटबल क्लब इभाङ र फिँजरा प्रतिष्पर्धा गर्दैछन् ।
फाइनल बुधबार नै हुनेछ । विजेताले १० हजार रुपैयाँ बराबरको खसी पुरस्कार पाउनेछन् ।
वृहत साँस्कृतिक कार्यक्रम हुने
यसैबीच फाइनलमा बुधबार मेला बजार र वृहत साँस्कृतिक कार्यक्रमको समेत हुने भएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ । साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।
फूटबलको फाइलन र साँस्कृति कार्यक्रमको प्रत्यक्ष प्रशारण www.facebook.com/nayabulanda बाट हुनेछ ।