शहिद स्मृति फूटबल : टुबोर्ग र माईपोखरी सेमीफाइलनमा

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइलनका खेल सम्पन्न भएका छन् । शुक्रबारको खेलमा टुवोर्ग फूटबल क्लब र माईपोखरी फूटबल क्लब विजयी भई सेमीफाइलन प्रवेश गरेका छन् ।

पहिलो खेलमा टुवोर्गले आयोजक बीलाई हराउँदै जीत निकाल्दै सेमिफाइनलको बाटो तय गरेको हो । शुक्रबारै भएको दोस्रो खेलमा माइपोखरीले फाल्गुनन्द फुटवल क्लवमाथि जीत निकालेको हो ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् । प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

शनिबार ४० वर्ष माथिको भट्रान्स प्रतियोगिता हुनेछ । प्रतियोगितामा सिकारी भञ्ज्याङ्ग भेट्रान्स फाकफोकथुम र बरभञ्ज्याङ्ग भेट्रान्स देउमाई, फिजरा भेट्रान्स माङ्सेबुङ र पितमरुङ भेट्रान्स तथा दोकान डाँडा फाकफोकथुम भेट्रान्स र माङ्सेबुङ भेट्रान्स माङ्बुङबीच हुने आयोजकले जनाएको छ ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार