इलामे गायक रमेश बोखीमको नयाँ गित `गोठालेदाईले घाँसरै काट्यो’ बजारमा

  शिब कुमार थापा  247 पटक हेरिएको

इलाम : इलामे गायक रमेश बोखीम राइले ल्याए नँया गित `गोठालेदाईले घाँसरै काट्यो’ बजारमा आएको छ ।

ओ मिस’ ‘गाइ चटारिन्छ’, ‘माया जिन्दावाद’ जस्ता गीतहरु गाएर स्टेज तताउँदै आइरहेका इलामे गायक रमेश बोखिम राईले भरखरै रोङ गाउपालिका वडा नं ३ बदमटारका ललीत तामाङको दुबै मृगौलाले फेल भएपछि उनको उपचार सहयोगार्थ गोठालेदाईले घाँसरै काट्यो’ गाउँघरको भाकाको नयाँ गीत ‘ सार्वजनिक गरेका छन् ।

उनले यो गितबाट भएको आम्दानीले ललीतको उपचारका लागि उपलब्ध गराउने बताएका छन ।

चर्चित गायक टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गितमा गायक रमेश बोखिम राइले स्वर भरेका छन जेडी तमुले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गुरुङ र अलिशा गुरुङको अभिनय छ ।

भिडियोमा दीपेन गुरुङको छायांकन, अलिशा गुरुङको मेकअप र सुजन गुरुङको सम्पादन छ । इलामको शान्तिपुरमा जन्मेर बिगत १० बर्षदेख काठमाडौमा संगीत तथा गायन बिधामा भुमिरहेका गायक रमेश बोखिम यस क्षेत्रमा पनि राम्रो काम गर्न सके भविक्ष्य रहेको बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार