कन्याम : लामो समयको रस्साकसी र अापसी असमझदारीले टुंगो लाग्न नसकेको वडा कार्यालय सम्वन्धी बिवाद अन्तत टुंगो लागेको छ ।
साविकको ३,४,५ र ६ वडा लाई समायोजन गरि ६ नम्वर कायम गरिएको वडामा वडा कार्यालय निर्माणको लागि वडा बासीले जग्गा दिए पनि अापसमा सहमति जुट्न नसक्दा समस्या रहेको थियोे ।
समस्या समाधानको लागि वडा सचिव किशोर अधिकारी सहितको ५ सदस्यीय समिति गठन गरेता पनि एक महिना सम्म समाधानको बाटो पत्ता नलागे पछि वडा समितिले नै जग्गाको टुंगो लगाई साबिकको स्थानमै वडा कार्यालय रहने गरी सहमती भएकाे वडा सदस्य बीरबहादुर भूजेलले जानकारी दिए ।
वडा कार्यालयको टुंगो नलाग्दा यति बेला शुरु भइसक्नु पर्ने बाटो ,नाली पेटि निर्माण तथा परेका बिकास योजनाहरु समेत प्रभावित भएको बाटो निर्माण उपभोक्ता समितिका सदस्य बिजय भूजेल बताउछन् ।