डा. गोविन्द केसीको मागको समर्थनमा इलाममा जनप्रदर्शन (फोटो फिचर/भिडियो)

  नयाँ बुलन्द
0 Shares

इलाम : डा‍. गोविन्द केसीलाई काठमाडौं लगिएपनि उनको समर्थनमा प्रदर्शन रोकिएको छैन । डा केसीको माग पूरा गराउन सरकारलाई दवाव दिन दिनहुँ इलाममा प्रदर्शन भइरहेको छ । शुक्रबार पनि इलाममा केसीको पक्षमा प्रदर्शन भयो । ठूलो टुँडिखेलबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भयो ।

कोणसभामा वक्ताहरुले डा केसीको माग जनताको माग भएको भन्दै डा. केसीसँग ‍यसअघि गरेको सम्झौता पूरा गर्न सरकारलाई आग्रह गरे । कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बूवान मंचका अध्यक्ष कुमार लिङदेन (मिराक), उपाध्यक्ष डुपछिरिङकाजी लेप्चा, इलाम अध्यक्ष दीपक योङहाङ, संघीय दलित (शिल्पी) मंचकी महासचिव शर्मीलो बाघचन, नागरिक अगुवान धर्म गौतम महिला अधिकारकर्मी विष्णु लिम्बू दाहालले सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार