इलाम : चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा। गोविन्द केसीलाई इलामबाट काठमाडौं लगिएको छ । पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै बिहीबार राति नै काठमाडौं लगिएको हो । डा. केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं लगिएको हो । यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो । डा. केसीलाई राति काठमाडौं लग्ने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा गएका थिए । डा. केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।