माई नगरपालिका द्वारा ए एफ सि पराजित

  नन्दन सर्वत लिम्बू
0 Shares

 

 

जितपुर  : देउमाई नगरपालिका ९ जीतपुरमा जारी जीतपुर गोल्डकपको आज आईतवार भएको खेलमा माईनगरपलिका ९ ले ए एफ सि झापालाई २ गोल गर्दै बिजयी बनेको छ ।
हाफटाईम अघिको खेल बराबरिमा थियो भने हाफ टाईम पछिको खेलमा बिजेता टिमका युनिश मगरले ६ औं र १० औं मिनेटमा २ गोल गर्दै आफ्नो टिम लाई जीत दिलाएका थिए ।

प्रतिद्वन्दी टिम ए फ सि ले पाएका कयौं गोल गर्ने अवसर सदुपयोग गर्न सकेको थिएन । जीत संगै माई नगरपालिका ९ क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

भोलि बाट हुने दोस्रो चरणको खेल नेपाल मगर संघ इभाङ र खुदनाबारी स्पोर्टिङ त्यस्तै गोदावरी स्पोर्टिङ र फाल्गुनन्द स्पोर्टिङ दुई खेल हुने आयोजकले बताएको छ । जीतपुर माद्यामिक बिद्यालयको खेल मैदानमा सामुदायिक बिकास केन्द्रले आयोजना गरेको गोल्डकपको फाईनल भने माघ ५ गते शनिबार हुने जनाईएको छ ।

उक्त खेलमा १ लाख ११ हजार १ सय ११ रुपियाँ बुलेट चाउ चाउले प्रायोजन गरेको छ ।

त्यस्तै दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६ रुपियाँ नगद रहेको छ । त्यसै गरि खेल अवधी भरको म्यान अफ द सिरिज लाई १० तोला चादी बराबरको फुटबल पुरस्कार गुड लाईफ बिस्कुटले प्रायोजन गरेको छ । त्यस्तै १० हजार बराबरको ट्रफी सिदार्थ बैंक इलाम शाखाले प्रदान गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार