वोमी माईक्रोफाईनान्सद्वारा जीतपुरमा सेवा सुचारू

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुर नवमीमा वोमी माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड १० कात्तिकदेखि संचालनमा आएको छ ।

वित्तीय संस्थाको नियम अनुसार सेवाग्राहीलाई १ हजारदेखि ३ लाख सम्मको बिना धितो ऋण दिने र त्यो भन्दा बढिको रकम धितो राखी सेवा प्रदान गरिने देउमाई नगरपालिका ९ जीतपुर शाखा प्रमुख अनिता कुँवरले जानकारी दिए ।

वोमीले अहिलेसम्म ७ लाख रकम बराबरको कारोबार गरिसकेको उनले बताए । ग्रामीण भेगका सेवाग्राहीले आफ्नै गाउँमा सेवा उपभोग गर्न सकुन भन्ने उदेश्यले सेवा सुचारु गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार