माङसेबुङ : माङसेबुङमा जारी अात्मानन्द गोल्डकप अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ ।
अाज भएको संगम फुटबल कल्व धरान सुन्सरी र जलपाईगुडी एप सी भारत बिच भएको खेलमा जलपाईगुडी एफ सि भारत ४-० गोलले बिजयी भएको छ ।
अाजको खेलमा जलपाईगुडी एफ सि भारतका जर्सी नं १७ अभि राईले खेलको दोस्रो हाफको ७ अौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसै गरि खेलको २१अौं मिनेटमा पुन अभि राईले १ गोल थप्दै जितको नजिक पुर्याका थिए । अन्तमा खेलको २७ अौं मिनेटमा जितका लागि सनम क्षेत्री र ३३ अौं मिनटमा ज्ट्ली राईले १,१ गोल गर्दै जित सुनिश्चित गरेका थिए । जित संग सेमी फाइनलको यात्रा तय गरेको छ ।
अाज खेलबाट जलपाईगुडी एफ सि भारतका समिर सुब्बा म्यान अफ्दि म्याच घोषित भएकाछन् ।