घुर्बिसे सहकारीको तेस्रो अधिवेशनबाट चेम्जोङ पुनः अध्यक्षमा चयन

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट वीरनरसिं चेम्जोङ पुनःअध्यक्ष पदमा चयन भएका छन्।
व्यवस्थापक युवराज निरौला,सचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विमला पोख्रेल सहित ११ सदस्यीय नयाँ समिति गठन भएको छ।
संस्थाका अध्यक्ष वीरनरसिं चेम्जोङले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङले दिप प्रज्वलन र व्यानर खोलेर अधिवेशन सहित साधारण सभाको उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले संस्थाले गरेको कामको प्रशंसा गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष चेम्जोङले सहकारीले गरेको वित्तीय उपलब्धिको प्रतिवेदन,प्रस्तावित कार्ययोजना र लक्ष्य प्रस्तुत गरेका थिए भने लेखा संयोजक सारानाथ पोख्रेलले लेखा र कोषाध्यक्ष विमला पोख्रेलले २८ लाख ७२ हजार ६० रुपैया आम्दानीको हिसावको आर्थिक प्रतिवेदनमा पेश गरेकी थिइन्।

यस सहकारीले गत आर्थिक वर्ष ०७४/०७५ को शेयर पूँजी,बचत,लगानी, सम्पुर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित जम्मा वासलात दुई करोड ८० लाख नौ हजार छ सय ७४ रुपैयाँको कारोवार गरेको छ।
अध्यक्ष चेम्जोङले पेश गरेको प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको थियो।
२०६९ सालमा हालको फाल्गुनन्द-५, घुर्बिसे पञ्चमीमा स्थापना भएको यस सहकारीलाई ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पाँचथर जिल्लाको उत्कृष्ट सहकारीको रूपमा सहकारी डिभिजन कार्यालय इलामद्वारा सम्मान तथा पुरस्कार प्रदान गरेको संस्थाका सचिव राजकुमार श्रेष्ठले जानकारी गराए।

चार सय ७१ महिला र तीन सय ५५ पुरुष गरि जम्मा आठ सय छ जना सदस्य र एक सय ७८ बालबचत संख्या रहेको संस्थाले उत्कृष्ट सदस्यहरुलाई सम्मान,मृत्यु भएका सदस्य परिवारलाई आर्थिक सहयोग र अपांग असक्तलाई राहत प्रदान गर्दै आएको छ।

कार्यक्रममा जेष्ठ नागरिक दत्तकुमार श्रेष्ठ,सदस्य परिवारका एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रा कामना श्रेष्ठ र छात्र रोशन सावा,असल ऋणी ध्रुवकुमार चेम्जोङ र दिलकुमारी चेम्जोङ लाई सम्मान गरेको थियो।

त्यस्तै,सफल उद्यमी बेमौसमी तरकारी खेतीतर्फ गोपाल चेम्जोङ,कुखुरा पालनमा विमला चेम्जोङ,पशुपालनतर्फ पदम बस्नेत,अपांग बुद्धहाङ्ग चेम्जोङ र उत्कृष्ट बालबचत गर्ने कृतिका श्रेष्ठलाई प्रमुख अतिथिबाट सम्मान तथा प्रशंसा र नगद प्रदान गरिएको थियो।

यस संस्थाले विभिन्न तालिमको आयोजना गरेको छ। ग्राहकलाई सहज बैंकिङ्ग सुविधा दिने उदेश्यले हाल रेमिटेन्स सेवा संचालन गरेको छ।
कार्यक्रममा विशेष अतिथि फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे,जिल्ला बचत संघ पाँचथरका अध्यक्ष जीवन गिरी,जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि,संचालक समिति,शेयर सदस्य लगायत सरोकारवालाको उपस्तिथिती थियो।
संस्थाका सदस्य केहेरसिंह चेम्जोङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजकुमार श्रेष्ठले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार