राज सुब्बा लावतीको ‘फुलै फुल्यो आगन भरी’ सार्वजनिक (भिडियो सहित)

झापा : नेपालीहरुको दोस्रो महान चार्ड तिहार निजिकिएसँगै तिहार विशेष देउसी भैली गित नृत्य विभिन्न टेलिभिजन र सामाजिक संजारमा बज्न थाली सकेको छ ।

केही पुराना र केही नयाँ गित बज्ने क्रममा भर्खरै झापाबाट निर्माण गरिएको देउसी भिडियो पनि सार्वजनिक भएको छ ।

झापाली नृत्य निर्देशक, कोरियोग्राफर, गायक तथा बहुप्रतिभाशाली कलाकार राज सुब्बा लावतीको प्रस्तुतीमा तिहार गित फुलै फुल्यो आगन भरी सार्वजनिक भएको हो ।

विर्तामोडमा सुटिङ गरिएको देउसी भिडियोमा शब्द संगित निर्देशक लावती र एनी गोम्देनको रहेको छ । यही कार्तिक १४ गते सार्वजनिक भएको देउसी भिडियोमा रेकडिङ एरेन्ज अशोक थापा, सह निर्देशन मेरी लिम्बु, छायाँकन÷सम्पादन सुवास लिम्बु र योगेश दाहालको रहेको छ भने मेकअप रविन तामाङ, पोष्ट प्रोडक्सन यूनिक मिडिया हाउसले गरेको छ ।

कलाकारहरुमा राज सुब्बा लावती, सुनिल थापा, एल.सी. श्रेष्ठ, मिना मादेन, मनबहादुर तामाङ, रबिन तामाङ, शंकर बिक, कृष्ण तामाङ, राज शेर्मा, सान्तोष राना, शम्भु श्रेष्ठ, तुलसी निरौला, कौशल कान्छो, बिक्रम गेलाल, रोहित लाम्गादे, नहिम अलि, प्रताप सुनुवार, दिपेश राई, अशोक धिमाल, हेम राजबंशी, र शनिश्चरे डान्स एकाडेमी समूहवाट सहयोगीहरुमा बिष्णु कार्की, सामिल राई, राजन थापा, बिनोद कठेतले आफ्नो कला प्रस्तुत गरेका छन । देउसी भिडियोको सार्वजनिकरण बुढासुब्बा म्युजिक प्रालिबाट गरिएको हो ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार