पाँचथर : जिल्लामा अलैँची जोन कार्यक्रमका लागि बजेट अभाव भएको छ । अलैँची उत्पादनको पकेट क्षेत्र फालेलुङ गाउँपालिका– १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रम बजेट अभावले प्रभावित भएको छ । बजेट अभावका कारण अलैँची खेती विस्तार गर्न समस्या भएको अलैँची जोन कार्यक्रमका सूचना अधिकारी प्रकाश विश्वकर्माले बताए ।