ढोरपाटन नगरको बढीगाड खोला थुनियो

  नयाँ बुलन्द
0 Shares

बाग्लुङ : बाग्लुङको ढोरपाटन नगरपालिकाको तुरतुरे भन्ने स्थानमा बढीगाड खोला थुनिएको छ ।

पहाडमाथिबाट झरेको ठूलो चट्टानसहितको पहिराले गएराति साढे १२ बजेदेखि खोला थुनिएको हो ।

ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका ७ अन्तर्गत भ¥याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो ।

खोला थुनिएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका ४ वटा घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ र गुल्मीका बासिन्दा त्रसित भएका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले कालीगण्डकी दोभानसम्म बाग्लुङ र गुल्मीको तटीय क्षेत्रमा अति उच्च सतर्कताका लागि अपील गरेको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र बढीगाड गाउँपालिका तथा गुल्मीका मुसिकोट नगरपालिका, चन्द्रकोट, छत्रकोट, रुरु र सत्यवती गाउँपालिका वासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो ।

घटनाको जानकारी पाएपछि राती नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रंमुख, नेपाली सेनाका प्रतिनिधिसहितका टोली घटनास्थलतर्फ गएको छ । अहिले थुनिएको खोलाबाट विस्तारै पानी बग्न सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार