ताप्लेजुङमा पहिरोले ९ परिवार विस्थापित

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङवरक वडा २ मा सोमबार गएको पहिरोले गर्दा ९ परिवार विस्थापित बनेका छन् ।

पहिरोले पाथीभरा याङवरक २ साविक थेचम्बु २ पूर्णे डाँडाका ९ घर परिवार विस्थापित बनेको दलबहादुर दाहाले बताए । उनका अनुसार बोधराज पौडेल र अम्बिका भट्टराईको घर भित्र नै पहिरो पुगेको कारण पूर्ण रुपमा क्षति पुगेको बताए ।

पहिराले अन्य मनकुमार लिम्बू, सूर्य खड्का, देउकुमार लिम्बू, पदम लिम्बू, कुमार दाहाल, टंक भट्टराई र दानबहादुर दाहाल पहिरोको कारण विस्थापित बनेको बताए ।

पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङवोले घर पूर्ण रुपमा पहिरोले नबगाए बताउदै पहिरोको कारण जोखिम बढेको बताए । उनले पानी परेर ढिस्को खसेरका कारण थप जोखिम हुन्छ कि भने मानिस विस्थापितहरु भएको बताए ।

अध्यक्ष  मेन्याङवोले विस्थापितहरु थेचम्बु मावि थेचम्बु र छिमेकीको घरमा बस्ने ब्यवस्था मिलाएको बताए । उनले गााउँपालिका र रेडक्रस मिलेर तत्काल दिने राहत वितरण गरिने बताए । वेलकमखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार