कन्याम : उन्नति समावेशी कृषि कार्यक्रम र ईलाम टी प्रोड्युसर्स प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा चियालगायत अन्य बालीमा गुणस्तर सुधार तथा अभिबृद्धि सम्बन्धी तीन दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागटीहरुलाई प्रतिभाराज देवानले सहजीकरण गरेका थिए । कार्यक्रममा चियाको नर्सरी राख्ने तरिका, वैज्ञानिक ढङ्गले रोप्ने तरिका तथा काँट छाँट गर्ने तरिका, कम्पोस्ट मलको उत्पादन र महत्त्व लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा ३२ जना चिया कृषकहरुको सहभागिता रहेको थियो ।
ईलाम टि प्रोड्युसर्सका प्रबन्धक ओमप्रकाश काफ्लेको अध्यक्षता र उन्नति समावेशी कार्यक्रमका कृषिविद् अनिलकुमार त्रिपाठीकफ प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।