विद्युत विस्तार भएपनि मिटर नभएपछि विजुली बलेन

४ वटा टान्सफर्मर प्रयोगविहीन

  गोविन्द पौडेल
0 Shares

रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ६ को जिर्मलेमा विद्युत विस्तारको कार्य सम्पन्न भएपनि मिटर नहँुदा स्थानीयले विजुली बाल्न पाएका छैनन् । अहिले त्यहाँका चारवटा टान्सफर्मर प्रयोग विहीन भएको छ ।

विगत २०६८ सालमा रोङ गाउँपालिका वडा नम्बर ६ (साविक जिर्मले) को थर्पु बजारमा ५० केभी क्ष्मताको एउटा टान्सफर्मर जडान गरेर रम्भ्याङ्गमा १ सय ६३ वटा मिटर जडान गरेर बिद्युत वितरण गरिएको थियो ।

उता जौवारी कुवापानी, जिर्मले, सलकपुर लगायतका गाउँमा बिजुलीको खम्बा गाडेर मात्र छाडिएको थियो । पटकपटक स्थानियले सरोकारवाला निकायमा अनुरोध गर्दा पनि गाडीएको पोलमा तार तन्काइएको थिएन ।

तर जब जनप्रतिनिधि आए, विद्युत विस्तारको काम सुरु भयो । लथालिङ अवस्थामा रहेको पोल र तारहरुको गत बर्ष नै व्यवस्थापन गरेर जौबारी, जिर्मले र सलकपुरसम्म तार फैलाउने, मर्मत र विस्तार गर्ने काम सकियो । तरपनि टान्सर्फमरको व्यवस्था हुन सकेको थिएन ।

यसवर्ष भने रोङ गाउँपालिका वडा नम्बर ६ को जौवारीमा २५ केभी क्ष्मताको एक, वडा भवन रहेको जिर्मलेको पूजा भन्ज्याङ्गमा अर्को एक र सलकपूरमा १०० केभी क्षमताको एउटा गरि तीनवटा टान्सफर्मरको जडान गरि शाखा लाइन समेत विस्तार गरेको भएपनि बत्ती बल्न सकेन । पटक चार देखी पाँचसय सम्म मिटरको आवश्यक्ता रहेको र प्रधिकरणले एकै पटक त्यति धेरै मिटर वितरण गर्न नसकेको हुँदा विजुली बल्न नसकेको हो ।

यता बिजुली बाल्ने आसमा आफुले ६ महिना अघिनै घर वायरिङ्ग गरेको भएपनि अहिलेसम्म विजुली बल्न नसकेको जिर्मलेका संगीता तामाङ्गले बताइन् । तामाङ्ग मात्र हैन, विजुली बाल्न प्राय सबै घरहरुमा वायरिङ्ग गरिसकिएको छ । यता विद्युत प्रधिकरण फिक्कलले भने विगत ६ महिना अघि नै सबै प्रक्रिया पु¥याएर भरेको मिटर पनि दिएको छैन नै, कतिपय ग्राहकहरुको घरमा जडान गरेर जाम भएको मिटर पनि साटि दिएको छैन । यसबाट पनि प्रधिकरणले घाटा बेहोर्नु परेको छ ।

यस बारेमा विद्युत प्राधिकरण फिक्कलमा सम्पर्क गर्दा जिल्लाबाट समय समयमा दुइ तिन सयको संख्यामा मिटर आउने र मागको आधारमा बाडिने गरेको राम देवानले बताए ।

यसो त प्रधिकरणको तथ्याङ्कमा रोङ ६ को जिर्मलेमा सायद विजुली नै बलेको छैन । किनभने जिर्मलेको ग्राहकहरुले इरौंटार ठेगाना लेखिएको बिलमा रकम बुझाउने गरेका छन् । प्राधिकरणले नै ठेगाना गलत लेखेर दिने गरेपछि जिर्मलेको ग्राहकहरुले इरौटार लेखिएको बिलबाट पैसा तिने गरेका हुन् ।

विद्युत प्रधिकरणले रोङ ६ को काउले डाँडामा नेपाल टेलिकमले बनाएको बिटिएसमा जोडिएको टान्सफरर्मर चार्ज नगरि थर्पु बजारकै टान्सफर्मरबाट बिजुली लगेर टावर संचालन गरेको छ । निमार्ण र जडानको सबै काम पुरा भएपनि १ सय ६३ बटा मिटर जडित टान्सफर्मरबाट त्यति हेभिटावर संचालन गर्दा गाउँमा भने विजुली क्षमता घटेर रातो भएको छ । यसमा पनि टान्सफर्मरले लोड लिन नसकेर खराबी आएमामा गाउनै अध्याँरो हुने सम्भावना रहेको स्थानिय बासीहरुको आशंका रहेको छ ।

यस बारेमा प्रधिकरण फिक्कलका राम देवानले टेलिकमको टावरमा रहेको टान्सर्फमर चलाउने आफ्नो जिम्बेवारी नभएको प्रतिकृया दिए । यसै बिषयमा नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहसँग कुरा गर्दा विद्युत प्राधिकरणले अस्थाइ रुपमा बिजुली जडान गरी टावर संचालन गरेको र टावर संचालन गर्न राखिएको २५ केभी क्षमताको टान्सफर्मर संचालनको लागि विद्युत प्राधिकरणसँग कुरा गर्ने बताए ।

अब मिटरको बारेमा एकै चोटी आबेदन फारम भराएर मिटर प्राप्तिको लागि प्रधिकरण समक्ष वडाले नै पहल गर्ने तैयारी रहेको, सम्भवत दशै अगावै बिजुली बाल्ने प्रकृया गरिने वडाध्यक्ष मनि कुमार तामाङ्गले बताए ।

जे होस्, करोडौको लगानी गरेको सरकारले ग्रहकले मिटर किनेर बिजुली बाले बालेको दिनबाट नै प्रधिकरणको आम्दानी हुने भएकोले ग्राहकलाइ जति छिटो र सजिलो तरिकाले मिटर जडान गराइ खेर जाने बिजुलीको सदुपयोग गरी राज्यको आम्दानी र नागरिकलाई सुविधाकोे पहलमा लाग्न जरुरी रहेको स्थानीयबासीहरुको माग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार