इलामको फाकफोकथुममा आगलागी , १५ लाख बराबरको क्षति

सुजता सुनुवार

इलाम : इलामको फाकफोकथुममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ ।

एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा , अन्नपात , पलङ्ग , खाट , व्यापारका लागी ल्याइएको ६ तोला सुन , ४० तोला चाँदी र सुनचादीमा प्रयोग हुने मेसिन तार लगायतका सामान सबै जलेर खरानी भएको भीम बराईलीले बताए ।

सोलारको तार सट भएर आगलागी भएको हुन सक्ने प्रहरी चौकी आमचोक इलामले जनाएको छ ।स्थानियहरुको सहयोगमा साडे तीन घण्टामा मात्र आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिइ सकेपछि मात्र प्रहरी आइपुगेको स्थानिय सुरेन्द्र निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार