गोपाल गिरी
फिक्कल : सूर्योदय नगरपालिका स्थित फिक्कल बजारमा ईलाम जिल्ला भरिका चिया मजदुर हरु द्वारा एक कार्यक्रम बीच सरकारले अाफु हरु लाई दिईने भनेको ज्याला राजपत्रमा प्रकाशित गरिनु पर्ने माग गरेका छन ।
साघाई ग्रुपले सरकारले तोकेको ज्याला हामी दिन सक्दैनौ र नयाँ श्रम ऐन पनि मान्दैनौ भनेर नेपाल सरकार समक्ष ज्ञापनपत्र बुभाए पश्चात् सरकार अाफु हरुको माग प्रति उदासीन रहेको ले दबाब दिन संयुक्तरूपमा बिरोध कार्यक्रम अायोजना गरेको कन्याम चिया बगानका मजदुर गंगा महतले जानकारी दिएका छन ।
कार्यक्रममा जिफन्टका सन्तकुमार राई ,अखिल नेपाल चिया मजदुर संघ प्रदेश नं १का सदस्य भूपाल सापकोटा ले सरकारले मजदुर हरु लाई दिईने भनेको ज्याला राजपत्रमा उल्लेख गर्नु पर्ने कुरामा जोड दिएका थिए २०५७साउनमा चिया बगान निजीकरण गरिए सँगै चिया मजदुर हरु अाफू हरु शोषण मा परेको भन्दै पटकपटक अान्दोलन मा उत्रदै अाएका छन ।