फाकफोकथुम गाउँपालिकाको बजेट ३३ करोड

गोविन्द लामिछाने

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको दोस्रो गाउँसभाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ३३ करोड १४ लाख तीस हजार बराबरको बजेट पारित गरेको छ ।

फाकफोकथुम गाउँपालिकाको दोश्रो गाउँसभाले बजेट, नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । आयतर्फ संघीय शसर्त अनुदान १३ करोड २१ लाख, संघीयसरकारबाट १७ करोड ४९ लाख ८९ हजार, प्रदेश सरकारबाट एक करोड ९३ लाख ४१ हजार, आन्तरिक आयतर्फ १५ लाख विनियोजन गरेको छ ।

त्यसैगरी व्ययतर्फ शसर्त अनुदान १३ करोड २१ लाख, प्रदेश शसर्त अनुदान एक करोड, समानिकरण राजश्व बाँडफाँड आन्तरिक आयबाट खर्च १५ करोड ६३ लाख ३० हजार र सामाजिक सुरक्षाभत्ता तर्फ तीन करोड ३० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

गाउँसभामा अध्यक्ष रामकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरका थिए भने गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईले बजेट कार्यक्रम प्रस्तुत गरिन् ।

बजेट, नीति तथा कार्यक्रम माथि गाउँसभाका बहुमत सदस्यहरूले बजेट, नीति तथा कार्यक्रम समय सापेक्ष, जनतामुखी र परिवर्तनकारी भएको प्रतिक्रिया दिंदै बहुमतबाट पारित गरेका थिए ।

बजेटले पूर्वाधार, कृषि, पशु, सामाजिक, आर्थिक, कोष व्यवस्थापन, विपद व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलगायतका क्षेत्र समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार