गोबिन्द पौडेल
रोङ : किसानले परिक्षण गरेको पर्यटन एवोकाडोले राम्रो उत्पादन दिएपछि रोङमा यसले क्रमस ब्यवसायिकता लिन थालेको छ ।
हालसम्म इलाममा यसको ब्यवसायिक रुपले खेती नगरिएको भएपनि २०४५ सालतिर जिर्मलेमा रोमस अधिकारीले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले आम्दामीनै दिन थालेको र जिर्मले बाहेक इलामका अन्य भूभागहरुमा समेत बिस्तार हुदै गएको र इलामे उपभोक्ताहरु पनि रुचाएको फल बनेको छ ।
ठूलो रुख हुने बारी पाखा सिमसार र खोल्सामा समेत रोप्न सकिने आवश्यक्ता परेको बेलामा काठ र दाउरा काट्न सकिने साथै गाइ बस्तुले सोत औधी मन पराएर यसको घास खाने बिशेषता रहेको यसको एउटै रुखमा तीन चार सय किलो सम्म फल्ने गरेको र अहिले पनि घरैबाट दुइदेखी दुइसय पचास रुपैयामा बेचेको सलकपूरका किसान याम अधिकारीले बताए ।
यसै गरि रोङ गाउपालिकाले यो बर्ष किसानको मागको आधारमा चालिस रुपैया र ढुवानी खर्च बेहोरेर रु असी रुपैयामा दुइसय तीस बटा बिरुवा धनकुटाबाट ल्याइ बितरण समेत गरेको छ ।
रोङको सबै वडामा उत्पादन हुन सक्ने यो फलको बिरुमास्थानिय स्तरमा पनि उतपादन हुन थालिसकेको र किसानको बारीमा कति छ भनेर तथ्याक लिने तैयारी र्हेको गाउपालिकाले बताएको छ ।
नेपालीमा घिउफल भनेर चिनिने एर्वोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशिय राम्रो नगदे बाली हो । उसको खेती समुद्र सतहबाट २५०० मिटर सम्म गर्न सकिन्छ ।मानव स्वास्थ्यको लागि आवश्यक चिल्लो र कार्वोहाइडेड पाइने गरेको छ ।बिरुवा रोपेको चार बर्षदेखी पचास बर्षसम्म आम्दामी दिने मानिएको यस फल दुइदेखी चार यस ग्राम सम्मको हुने गरेको छ । एर्बोकाडोमा मानव शरिरको लागि आवश्यक मानिने सबै प्रकारको सिभटामिनहरु र मिनिरल पाइने बिज्ञहरुको भनाइ रहेको छ ।
उसमा पाइने पोटासियमलेरक्तचाप नियन्त्रण गर्ने , फाइबरले शरिरको तौलको नियन्त्रण र सुगरलाइ सन्तुलित लेवलमा राख्ने , र यसमा पाइने लिउटिन ले आखा स्वस्थ्य राख्ने ,साथै क्यान्सरको उपचारमा गरिने केमो थेरापीको साइड इफेक्टलाइ समेत न्युन गराउने र यसको सेवन गर्दा कम भोकलाग्ने भएको कारण तौल नियन्त्रण वा मोटोपनको समस्याबाट मुक्त हुने बिज्ञहरुको दावी रहेको छ
रोङको चिनारी बनाउने इलामे हावापानीमा मजाले फस्टाउन सक्ने फल एर्वोकाडोको खेती गरिने हो भने पनि इलाम र पाथीभरा घुम्न आउने पाहुनाहरुको लागि नया कोसेली दिन सकिने संभावना रहेको साथै किसानको आर्थिक स्तर सुधारर्नमा पनि सहयोगी बन्ने रोङ ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।