तरकारी किसानलाई भारतीय पक्षको धोकाः फेरि अवरोध सुरु

इलाम : केही समयअघिसम्म अदुवा र अलैची लगायतका नगदेबालीको निर्यातमा अवरोध गरेको भारतले फेरि तरकारी निर्यातमा अवरोध गरेको छ ।

पूर्वको मुख्य नाका मानिने झापाको काँकडभिट्टामा भारतीय भन्सारले नेपालको तरकारीे निर्यातमा रोक लगाएपछि कृषक ठूलो समस्यामा परेका छन् ।

इलाम, पाँचथर, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादित तरकारीलाई बजारको अभाव देखिएको छ । । नेपालमा निर्यात् गर्ने सूचीमा नरहेको भन्दै टमाटर फूलगोभी, स्कुस र टमाटर निर्यातमा रोक लगाइएको हो ।

जसका कारण किसानहरुलाई तनाव थपिएको छ । यद्यपि नेपालमा भने भारतबाट तरकारीको आयत निर्बाध रुपमै भइरहेकै छ । विगतका वर्षहरुमा उत्पादित तरकारी पश्चिम बंगालको सिलिगुडीमा निर्यात हुने गथ्र्यो ।

त्यसैले तरकारीका किसानले राम्रै मूल्य पाएका थिए तर केही महिनाअघिदेखिको अवरोधले एकातिर तरकारीले सुहाउँदो मूल्य पाएको छैन भने अर्कोतर्फ उत्पादित तरकारी कुहिने अवस्थामा छ ।

तरकारीको मुख्य सिजनमै भारतीय पक्षबाट धोका पाएपछि किसानहरुलाई तनाव भएको छ । आपूर्ती धेरै र माग कम भएका कारण इलाम लगायका आसपासका क्षेत्रमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ ।

एक साताअघि प्रतिकिलो ३१ रुपैयाँमा विक्री गरेको टमाटर अहिले १३ रुपैयाँमा झरेको छ । इलाम पाँचथर र तेह्रथुममा २ हजारभन्दा बढी किसानले टमाटर खेति गरेका छन् ।

त्यहीं टमाटर दैनिक ४ हजार किलो बिर्तामोडमा थुप्रने गरेको छ । टमाटर बिक्री नभएपछि दैनिकी चलाउनसमेत समस्या परेको दुखेदो इलामका किसानको छ किसानको पसिना पोखिएको उत्पादनलाई अनाहकमा अवरोध गरेर किसानलाई मारमा पार्नु कुनै तरिकाबाट पनि उचित छैन ।

मनपरी ढंगले बेलाबेलामा गरिने यस्ता अवरोधबाट बेलाबेलामा किसान ठगिंदै आएका छन् । केही समयपछि बजारमा आउने  फूलगोभीमा पनि अवरोध नहटे उत्पादन मूल्यभन्दा पनि कम मूल्यमा विक्री हुने शंकाले किसानलाई पिरोलेको छ ।

छिमेकी राष्ट्र भारतले नेपाली किसानलाई मारमा पार्नुले  भोलिका दिनमा किसानहरुको भारतप्रतिको सोचाइँ बदलिन सक्छ ।यसतर्फ सरोकारवाला पक्षले कुटनैतिक तबरले समस्या समाधानको पहल गर्नु आवश्यक छ ।उत्पादित वस्तुले बजार पाउने  ग्यारेन्टी नभए कृषि पेशाप्रति किसानको भरोसा घट्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार