इलाम : जिल्लामा सञ्चालित जीवन विकास नामक संस्थाले ५८ करोड रुपैया“ भन्दा धेरै लगानी गरेको छ । साधारणदेखि आवास, शैक्षिक, स्वरोजगारलगायत विभिन्न विधामा ऋण लगानी गर्दै आएको जीवन विकासले विब्ल्या“टे, एकतप्पा, मंगलवारे, आइतवारे, नया“बजार, श्रीअन्तु र दानावारी शाखा मार्फत ५८ करोड, ९२ लाख, २८ हजार, ६ सय ७७ रुपैया“ लगानी गरेको हो ।
२०६७ सालमा सुरु भएको संस्थाले साधारण, आवास, शिक्षा, कृषि, स्वदेशी स्वरोजगार र आकष्मिक कर्जा प्रदान गर्दै आएको छ । संस्थाले २३ करोड १३ लाख १० हजार ३ सय ८ रुपैया“ वजत संकलन गरेको छ । कार्यक्रम लागू भएका क्षेत्रमा १३ हजार ७ सय २८ सदस्य छन् । त्यसमध्ये ९ हजार ७ सय ८२ जनाले ऋण लिएका छन् ।
१६ देखि २० प्रतिशत व्याजमा ऋण प्रभाव गर्दै आएका संस्थाले ऋणीलाई विभिन्न सुविधासमेत दिने गरेकाले सदस्य थपिदै गएको जिल्ला प्रमुख मनोज ढुङ्गानाले जानकारी दिए । संस्थाले आपतकालिन ऋण कोष मार्फत सदस्यको मृत्यू भएमा ऋण मिनाह गर्ने गरेको छ । त्यस्तै काजकृया खर्च वापत १० हजार, सदस्यको श्रीमानको मृत्यू भए ५ हजार, सदस्य डेलिभरी भए अप्रेसनको २ हजार र नर्मलकालागि १ हजार प्रदान गर्ने गरेको छ । त्यस्तै सदस्यालाई सर्पले टोकेको र प्राकृतिक प्रकोपमा परे १ हजार रुपैया“ अनुदान दिने प्रावधान छ ।
ग्रामिण क्षेत्रमा पनि सेवा दिदै आएको संस्थाले विभन्न सेवा सुविधा दिएकाले कारबार गर्न सहज भएको सदस्यहरुको भनाई छ । ‘आफै गाडी किनेर चलाउने रहर भए पनि कसैले ऋण दिएन,’ इलाम नगरपालिका ४ चारखा“देकी हिमादेवी भट्टराईले भनिन्, ‘जीवन विकासले छ लाख रुपैया“ लोन दिएपछि आफैं गाडी खरिद गरेर चलाएका छौं ।’ श्रीमान होननाथ रिजाल अर्काको गाडी चलाएर दिक्क भएपछि आफै गाडी किनेर चलाउन चाहन्थे । जीवन विकासस“गै अन्यत्रवाट पनि ऋण लिएर बुलेर गाडी किनेका आचार्य परिवारले संस्थाको व्याज निरन्तर तिरका छन् । महिनाको ९० हजार रुपैया“सम्म बचाउन सफल उनीहरुले अन्यत्रको भने ऋण चुक्ता गर्ने लागेका छन् ।
संस्थाले दिएको शैक्ष्ँिक कर्जावाट आधारभूत तहदेखि उच्च मावि र एमबीबिएससम्मको अध्ययन गर्ने उल्लेख्य छन् । शैक्षिक कर्जा मार्फत संस्थाले तीन लाख रुपैया“सम्म विना धितो ऋण दिने गरेको छ ।

















































