नेपाल एयरलाइन्सले असोजदेखि हप्ताको ३ दिन जापान उडान गर्ने, यसरी गरिदैँछ तयारी

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले असोज महिनाभित्रै काठमाडौंबाट जापानको टोकियोमा सिधा उडान सुरू गर्ने भएको छ।एयरलाइन्सले हप्ताको ३ उडान गर्ने गर्नेगरी तयारी सुरू गरिसकेको बताइएको छ ।एयरलाइन्सले ल्याएको एयरबस ३३० वाइडबडी जहाजबाट काठमाडौंबाट टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको हो।

उडान पूर्वका प्रक्रिया पुरा गर्न सबै काम सुरू भइसकेको बताइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सले नारिता विमानस्थलमा हप्ताको ७ उडान गर्ने निर्धारण गरेर जापान सरकारलाई पत्र पठाइसकेको छ। एयरलाइन्सले टोकियो नजिकै रहेको नारिता विमानस्थलमा हप्ताको ३ उडान गर्ने छ ।

लामो समयपछि पुनरावलोकन भएको हवाई सम्झौता अनुसार नेपाली एयरलाइन्सले जापानमा हप्ताको १४ उडान गर्नसक्छन्। नेपाल जापानबीचको सिधा हवाई सम्पर्क नहुँदा भाडा महँगो तगा झन्झटिलो यात्रा भएकोले पर्यटक तथा नेपालीहरूलाई समस्या परिरहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार