विपन्न परिवारलाई जस्तापाता वितरण

युद्धबहादुर बोहोरा

पाँचथर : विपन्न वर्गलाई राहत शिर्षकको रकम अन्तर्गत फाल्गुनन्द -५ का विपन्न परिवारलाई जस्ता पाता वितरण गरिएको छ।

वडाका विभिन्न टोलमा रहेका गरिब तथा विपन्न समुदायका २२ घरलाई ०.२६ mm को सेतो रङ्गको जस्ता पाता प्रति घर एक बन्डलका दरले वडा कार्यालयबाट वितरण गरिएको छ। वडाकार्य समितिले समुदायको अवलोक गरि एक लाख ५० हजार रुपैया बराबरको जस्ता पाता खरिद गर्ने निर्णय अनुसार राहत प्रदान गरिएको वडाध्यक्ष अविन्द्र प्रसाद चेम्जोङले बताए।

आगलागी भइ घर निर्माण गर्न नसकेका,खरको छाना भएको र आर्थिक अवस्था निम्न रहेका परिवारलाई विशेष प्राथमिकता दिइएको पालिकाका प्रबक्ता दानबहादुर अधिकारीले जानकारी दिए। यश आर्थिक वर्ष असार मसान्त भित्र आवश्यक अनुसार विधुतिय सामाग्री र खानेपानीको लागि पाइप वितरण गर्ने कार्यक्रम रहेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार