गोबिन्द पौडेल रोङ : इलामको रोङ गाउपालिका कृषि साखाले बिभिन्न जातका फलफूलको बिरुवा बितरण गरेको छ ।
एबोकार्डो २ सय ३० बोट, बारमासे कागती २ हजार २ सय २२ बोट, लोकल कागती ४ सय २० बोट र केरा १ सय ६२ बोट बितरण गरेको हो । किसानलाई ढुवानी अनुदानमा बिरुवा उपलब्ध गराईएको गाउपालिका कृषि साखाका प्रमुख नगेन्द्र तामाङले बताए ।
‘एबोकार्डोमा भने किसानले ८० रुपैया र गाउपालिकाले ४० रुपैया लागत सहभागिता रहेको छ, कृषि साखा प्रमुख तामाङले भने– किसानको मागको आधारमा बिरुवा उपलब्ध गराईएको हो । किसानको मागको आधारमा बारमासे कागतीमा किसानको आकर्षण धेरै रहेको छ । गाउपालिकाले ढुबानी अनुदानमा बिरुवा उपलब्ध गराएपछि किसानहरु खुशी भएको पाइएको छ ।
बिरुबा खोज्ने जानुपर्ने बाध्यता पनि परेन बिरुवा लिन आएका किसानहरु बताउछन् ।गाउपालिकाका ६ वटै बडाका किसानले बिरुवाको लागि माग गरेका थिए । बिरुवा मुख्य कार्यालय संगै सबै वडा कार्यालयबाट पनि बितरण गरिने कृषि साखा प्रमुख तामाङले बताए ।






















































