नागरिक सहभागितामा मात्र भ्रष्टाचार नियन्त्रणः आयुक्त थापा

इलाम:अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले नागरीक सहभागीतामा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउनु भएको छ । आज इलाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा आयोगको भुमीका बिषयक कार्यक्रममा बोल्दै आयुक्त थापाले भ्रष्टाचार गाउँसमाजकै ब्यक्तिबाट हुने भएकाले नागरीक सहभागीता बढेमा भ्रष्टाचार कम गर्न सकिने बताउनु भयो ।

उहाले आयोग सन २०१९ सम्ममा भ्रष्टाचार रहित मुलुक बनाउने कार्यमा रहेकाले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । आयुक्त थापाले स्थानीय तरमा बढी भष्टाचार हुन सक्ने भन्दै सचेत भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।

इलामका १० वटै स्थानीय तहका जनप्रतिनिधि , कार्यालय प्रमुख सहभागी कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख उप सचिव महेश आर्चायको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव हरी प्रसाद जोसी र उचसचिव नरेन्द्र प्रसाद भटटराईले छुटाछुटै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७३, ०७४ मा आयोगले १ सय ५४ वटा मुद्धा बिशेष अदालतमा पाठाएको जानकारी दिएको थियो । इलामबाट परेको १९ वटा उजुरी माथि छानविन भैरहेको पनि कार्यक्रममा जानकारी दिईयो ।

स्थानीय तहमा घुस खाने , कागज पत्र सच्याउने ,कामै नगरी बील बनाउने जस्ता कार्य बढेको अख्तियारले जनाएको छ । अख्तियार दुरु पयोग अनुसन्धान आयोगमा आवद्ध बिश्वका १ सय ८० मुलुक मध्ये नेपाल १ सय २२ स्थानको भ्रष्टाचार गर्ने मुलुकमा पर्दछ । कतिपय का – नुन अपुष्ट र संषदले आयोगको कानुन पास नर्गदा काम गर्न समस्या हुने गरेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार